Flash News:
   भारतीय कम्पनीको औषधि खाएर ६६ जना बालबालिकाको मृत्यु
   सन्दिप लामिछाने गौशाला प्रहरी बृतमा
   थाइल्यान्डमा गोली चल्दा कम्तीमा ३१ जनाको मृत्यु एजेन्सी
   फ्लोरिडामा एफबीआईले लोकेट गरेपछि आत्मसमर्पण गर्न नेपाल आए सन्दीप
   सशस्त्र प्रहरीका असई भारतमा मृत फेला
...

फाइजर खोपका लागि सिरिन्ज आइपुग्यो

काठमाडौँ — फाइजरका खोप लगाउनका लागि आवश्यक सिरिन्ज नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका अनुसार मंगलबार सिरिन्ज आइपुगेको हो ।

महाशाखा अन्तर्गतको आपूर्ति शाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले मंगलबार २:५० को फ्लाइटमा सिरिन्ज नेपाल आइपुगेको जानकारी गराए ।

खोपका लागि आवश्यक पर्ने घोलक भने गत बुधबार नै आइसकेको छ । उनले भने–‘घोलक आइसक्यो । सिरिन्ज पनि आइपुगेको छ । अब खोप अभियान पनि छिट्टै सुरु हुनेछ ।’

सरकारले ८ जिल्लामा पुस १३ देखि २२ गतेसम्म १२ देखि १७ वर्षका बालबालिकालाई फाइजर खोप लगाइने जनाएको थियो । ६ लाख ६४ हजार ५६० मात्रा खोप आएपनि समयमा घोलक र सिरिञ्ज नआएपछि खोप अभियान स्थगन हुन पुगेको थियो ।