-------------------------

शिक्षक आन्दोलन र बन्द विध्यालय

शिक्षक आन्दोलनले विध्यालयमा पठन पाठन बन्द भएको छ |  लामो समयदेखि विभिन्न चरणमा आन्दोलन गरी आफ्नो माग सम्बोधन हुने आशा लिएका शिक्षकहरूले अन्ततोगत्वा अन्तिम अस्त्र प्रहार गरेका छन् । माग दाबी, नारा–जुलुस तथा धर्नाजस्ता तीन चरणमा आन्दोलन गर्दा पनि सरकारले सुनवाइ नगरेपछि जिल्लास्तरीय परीक्षा नै प्रभावित हुनेगरी आइतवारदेखि चौथो चरणको आन्दोलन सुरु भएको छ । khabar bhitra ko khabar Continue reading शिक्षक आन्दोलन र बन्द विध्यालय

बादीको बगर बास,सुविधाबाट वञ्चित समुदाय

देशकै सबैभन्दा पछाडि परेको र सबै भौतिक हक तथा सुविधाबाट वञ्चित भएका छन् बादी समुदाय। जनसंख्याका हिसाबले पनि सबैभन्दा सानोमध्येको सो समुदायको आनीबानी भने अरूको भन्दा पृथक् छ । अभावैअभाव झेल्दै र सहँदै आएका उनीहरू अहिलेको जस्तो मनपरीको अवस्थामा पनि कतै कसैको घरजग्गा कब्जा गर्नेका भीडमा मिसिन चाहँदैनन्् । न त उनीहरू आपmनो पीडालाई आन्दोलन र विद्रोहको बीउ नै बनाउने कुरा सोच्छन् । Continue reading बादीको बगर बास,सुविधाबाट वञ्चित समुदाय

जय स्वाभीमान: चितवन टुक्राउने यो संघीयता

चितवन मात्र होइन, देश नै टुक्राउन नदिऊँ
- रमेशकुमार पौडेल
‘संघीयता नेपालको लागि आवश्यकता नै छैन । संघीयता भएमा देश टुक्रन्छ । नेपालमा अस्थिरता चाहनेले विदेशी शक्ति केन्द्रहरूले चोर दुलोबाट संघीयतालाई भित्राएका हुन् । त्यसैले सतर्क बनांै ¤‘ यो आवाजलाई वास्ता नै गर्दैन थियौं हामी । जब चितवनलाई चार टुक्रा पारेर संघीय राज्य बनाउने टुंगो लाग्न थाल्यो अनि हामी जुर्मुराएर भन्न थाल्यौ ‘चितवन टुक्राउन पाइँदैन । ‘चितवन यसै टुक्रिएको होइन, संघीयताका कारणले यो भूमि टुक्रन थालेको हो । र हाम्रो जिल्ला टुक्राउने यो संघीयताले ढिलो चाँडो देशै टुक्राउँछ–यो कुरा अब बुझ्दै गएका छन् चितवनवासीले । Continue reading जय स्वाभीमान: चितवन टुक्राउने यो संघीयता

नेता जन्माउने विध्यालय विध्यार्थीमा डर र भय

नेता जन्माउने विध्यालय विध्यार्थीमा डर र भय-Off the beat March 11th- Continue reading नेता जन्माउने विध्यालय विध्यार्थीमा डर र भय

राजधानीको सडक विस्तारमा स्थानीयको विरोध

राजधानीको सडक विस्तारमा स्थानीयको विरोध कती स्वाभाविक कती अस्वाभाविक ? काठमाडौंको गैह्रीधारा–बालुवाटार सडकखण्ड विस्तारमा अबरोध पुरयाएको भन्दै प्रहरीले कांग्रेस नेता बलबहादुर केसी र नरहरी आचार्यसहित ११ जनालाई पक्राउ गरेको हो । तर सडक विस्तारका नाममा सरकारले निजी सम्पत्तिमाथि हस्तक्षेप गरेको भन्दै त्यहाँका बासिन्दाले विहानैदेखि विरोध प्रदशन गरे । विरोध प्रदशनको क्रममा स्थानीय वासिन्दा र प्रहरीबीच झडप समेत भएको थियो । सडक अतिक्रमण गरी निर्माण गरिएका भौतिक संरचनाले सवारी आवागमनमा समस्या भएपछि ट्राफिक प्रहरीको सकृयतामा काठमाडौंमा सडक विस्तार अभियान चलिरहेको छ ।khabar bhitra ko khabar- Continue reading राजधानीको सडक विस्तारमा स्थानीयको विरोध