
-------------------------
|
By admin, on March 19th, 2012
जम्वो मन्त्री मण्डलका सदस्यहरु एकपछि अर्को हर्कत गरिरहेका छन्। मदिराले लठ्ठिका स्वास्थ्य राज्यमन्त्री सरोज यादवले छड्केको बहानामा वीर अस्पतालमा आइतबार बेलुका बितन्डा मच्चाउँदै अत्यन्तै घिनलाग्दो हर्कत देखाएका हुन्। स्वास्थ्य राज्यमन्त्री यादवले गएराती रक्सी खाएर वीर अस्पतालमा पुगी स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गरेको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्रीले त्यसबारेमा स्पष्टिकरण लिएका छन् । श्रोतका अनुसार प्रधानमन्त्रीले “के हो राज्यमन्त्री भएर रक्सी खाने ? अनि अस्पताल गएर डाक्टर नर्सलाई दुव्र्यवहार गर्ने ?” भन्दै स्वास्थ्य राज्यमन्त्री सरोज यादवसँग स्पष्टिकरण सोधेका थिए । जवाफमा राज्य मन्त्री यादवले आफूले त्यस्तो नगरेको तर पत्र पत्रिकामा बढाई चढाई गरेर समाचार आएको बताएका थिए । Continue reading राज्यमन्त्रीको घटिया हर्कत, सरकार र समग्र राजनीतीकै बदनाम
By admin, on March 19th, 2012
जम्वो मन्त्री मण्डलका सदस्यहरु एकपछि अर्को हर्कत गरिरहेका छन्। मदिराले लठ्ठिका स्वास्थ्य राज्यमन्त्री सरोज यादवले छड्केको बहानामा वीर अस्पतालमा आइतबार बेलुका बितन्डा मच्चाउँदै अत्यन्तै घिनलाग्दो हर्कत देखाएका छन्। मदिरामा लठ्ठ भएर वीर अस्पताल पुगेका स्वास्थ्य राज्यमन्त्री यादवले ड्युटीमा वसेका कर्मचारीमाथी दुर्व्यहार मात्रै गरेनन् हातपात पनि गरे। मदिराको नशामा उनी आफन्तलाई भेट्न वीर अस्पताल पुगेका थिए। उनले ड्युटीमा रहेका कर्मचारीलाई अनावश्क रुपमा तथानाम गाली समेत गरेका थिए। राज्यमन्त्री यादवको हर्कत्को खबर संकलन गर्न पुगेका सञ्चारकर्मीलाई उनले हातपात पनि गरे। Continue reading मदिरामा लठ्ठिएका स्वास्थ्य राज्यमन्त्रीको बितन्डा
By admin, on March 19th, 2012
अब कसरी जुटाउदै छन् प्रचण्डपुत्र प्रकाशले सगरमाथा आरोहण को लागी रकम ? एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डका पुत्र प्रकाश दाहालले सरकारी पैसा नलिने घोषणा गरेका हुन् | उन्लाई सगरमाथा चढ्न भन्दै बिभिन्न बिद्यार्थी संगठनहरुले ब्यङगात्मक रुपमा चन्दा संकलन अभियान शुरु गरेका छन्। तीन करोड माग गरेका प्रकाशलाई दुई करोड रुपैयाँ सहयोग गर्ने सरकारी निर्णयबाट रुष्ट बनेका विद्यार्थीले थप एक करोड उठाउन सहयोग गर्ने भन्दै चन्दा अभियान शुरु गरेका हुन्। चन्दा संकलन अभियानलाई तीब्रता दिएका छन । Continue reading अब कसरी जुटाउदै छन् त प्रचण्डपुत्र प्रकाशले रकम ?
By admin, on March 19th, 2012
ढुकुटी खेल्दा करोडौं ऋण लागेकी एक महिलाले आइतबार प्रहरी हिरासतभित्रै आत्महत्या गरेकी छन्। ढुकुटीमा डुबेको पैसा उठाउन नसकेर ठगी मुद्दामा पक्राउ परेकी धादिङकी भवानी तामाङले शौचालयमा झुण्डिएर आत्महत्या गरेकी हुन्। प्रहरी हिरासतमा पर्नुअघि नै उनी सुसाइड नोट छाडेर घरबाट बेपत्ता भएकी थिइन्। त्यही आधारमा ‘ढुकुटी खेल्ने गरेको र त्यसैमा पैसा डुबेकाले बेपत्ता भएको’ खुलेको हो। Continue reading ढुकुटी खेल्दा आफ्नै काल निम्तियो
By admin, on March 19th, 2012
विद्यालय शिक्षामा ‘फलामे ढोका’ भनिने एसएलसी परीक्षा यो साता सुरु हुँदैछ। पाँच लाखभन्दा बढि विद्यार्थी यो परीक्षामा सामेल हुँदैछन् । बर्सेनी परिक्षार्थीको संख्या बढेसँगै उत्तीर्ण हुनेको संख्या पनि बढ्छ । तर संख्या परीक्षामा बिद्यार्थीको संख्या बढेजस्तो विद्यालय शिक्षाको गुणस्तर चैं बढेको छ त? विद्यालय शिक्षाको गुणस्तरका बारेमा छलफल गर्न हामीसँग हुनुहुन्छः शिक्षामन्त्री दिनानाथ शर्मा, शिक्षाविद् प्राध्यापक डा. विद्यानाथ कोइराला र नेपाल शिक्षक युनियनका उपाध्यक्ष पूर्णा जोशी ।(facebook:https://www.facebook.com/bbcsajhasawal) Continue reading साझा सवाल:’फलामे ढोका’ भनिने एसएलसी परीक्षा सुरु हुँदै।
|
|
Recent Comments