
-------------------------
|
By admin, on March 26th, 2012
गाई काटेको निहुँमा जिल्लाको उत्तरी भेगस्थित गोदामचौर गाविसमा स्थानीय गाउँलेबीच तनाव भएको छ । गाई काट्नेलाई कडा कारबाही गर्नुपर्ने माग गर्दै गोदामचौर–८ का स्थानीय विरोधमा उत्रेपछि झडपको स्थिति भएको हो । घटनास्थलमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरेपछि त्यहाँको स्थिति सामान्य बनेको थियो । गाई काट्ने गोदामचौर–८ का लालबहादुर घिसिङ र छेदार भोटेलाई प्रहरीले पक्राउ गरेपछि स्थिति झनै तनावपूर्ण बनेको थियो । गएराति गाई काटेको भन्दै स्थानीयले प्रहरीसमक्ष उजुरी दिएपछि गाईको टाउकोसहित अभियुक्तहरूलाई पक्राउ गरी प्रहरी परिसर जावलाखेलमा राखिएको थियो । Continue reading बढ्यो गौमाताको हत्या, के हो त रहस्य ?
By admin, on March 26th, 2012
आफूलाई बुद्धत्व प्राप्त भएको दाबी गर्ने तपस्वी रामबहादुर बम्जनका सहयोगीहरुले दुई महिलालाई तीन महिनादेखि बन्धक बनाएको खुलासाले फेरि एउटा चर्चा बटुलेको छ । उनका सहयोगीले चेकोस्लोभाकियाकी चालिस बर्षिया मारिचीलाई बन्धक बनाएको सार्बजनिक भएको हो। उनका सहयोगीले गएराति सिमराको एक होटलमा छाडेर गएका थिए। ‘मारिची’ नामले यस क्षेत्रमा प्रसिद्ध स्लोभाकियाकी साकास सुझाना नामकी ती युवती सिमराको लामा होटेलमा बसेकी थिइन् । उनी नेपाली स्पस्ट बोल्छिन् । बम्जनको तपस्या भंग गर्न टुनामुना गर्न खोजेको भन्दै संघले युवती मारिचीलाई बन्धक बनाएर राखेको थियो । पटक पटक विवादमा तानिने बम्जन यसअघि उनी तपस्यास्थलमा तरवार राखेको भनेर विवादमा तानिएका थिए। Continue reading तपस्वी बम्जनको अर्को कर्तुत र दादागिरी
By admin, on March 26th, 2012
फलामे ढोकाको रुपमा लिइने एसएलसी परीक्षा जारी छ । उच्चशिक्षा अध्ययनको सुन्दर सपना साँचेका पाँच लाखभन्दा बढी विद्यार्थी यतिबेला एसएलसीको परीक्षा दिइरहेका छन् । अघिल्ला वर्षको तुलनामा यसवर्षको परीक्षा मर्यादित रुपले सञ्चालित भइरहेको परीक्षा नियन्त्रण कार्यालयको दाबी छ । यद्यपि केही परीक्षा केन्द्रमा परीक्षार्थी निर्धक्क चिट चोरीरहेका, गेस पेपर अगाडि राखेरै उत्तर सारिरहेका भेटिएका छन् । Continue reading अमर्यादित एसएलसी परीक्षा, के गर्ने आपेक्षा ?
By admin, on March 26th, 2012
फलोअप:खोज खबरको प्रभाब , मानिसलाई पशुको ब्यबहार, खोई मानवता ? ३ वर्षा देखि यी बालकले भोगेको पीडा यातना की बाध्यता ? चरम गरिवीको पराकस्टा | @khoj khabar/ Continue reading फलोअप:मानिसलाई पशुको ब्यबहार, खोई मानवता
By admin, on March 26th, 2012
Power News:सहयोगी हातहरू (एचआइभी संक्रमित बालबालीकाको भबिष्य उद्धारको निम्तीको सहयोग )(March 25th 2012) Continue reading Power News:सहयोगी हातहरू
|
|
Recent Comments