-------------------------

जनआन्दोलनको ६ बर्ष जनतामा छाएन हर्ष

जनआन्दोलनको ६ बर्ष जनतामा छाएन हर्ष-off the beat– Continue reading जनआन्दोलनको ६ बर्ष जनतामा छाएन हर्ष

खबर लेखेकै कारण पत्रकार यादवको बिभत्स हत्या

एभिन्यूज टेलिभिजनका झापा सम्वाददाता यादव पौडेलको अज्ञात समूहले मंगलबार राति निर्मम हत्या गरेको हो  । विर्तामोडको वस पार्कस्थित एक   होटल बाहिर उनको शव भेटिएको थीयो । मंगलबार राति पत्रकार पौडेलको हत्या भएपछि अनुसन्धान थालेको प्रहरीले विहिवार पत्रकार सम्मेलन गरी सत्तरी प्रतिशत अनुसन्धान पूरा भएको र अब तीन दिनभित्र अनुसन्धान पूर्ण हुने बताएको हो। प्रहरीले घटनामा संलग्न भएको आशंकामा पन्ध्र जनाभन्दा बढीलाई पक्राउ गरिएको र अनुसन्धान जारी रहेको बताएको छ। पक्राउ परेकामध्ये ५ जना हत्यामा दोषी रहेको प्रहरीको अनुमान छ। पूर्वान्चल होटल एण्ड सेकुवा कर्नरका सञ्चालक सोम ढकाल र उनकी श्रीमती मन्जु, होटल व्यवसायी संघका पूर्व अध्यक्ष युवराज गिरी, स्थानीय चाहना युवा क्लबका अध्यक्ष मदन राई लगायतमाथि विशेष अनुसन्धान भइरहेको बताइएको छ। Continue reading खबर लेखेकै कारण पत्रकार यादवको बिभत्स हत्या

फलोअप:एसएलसी परीक्षा दीन गएकी एक छात्राको दुखद कथा

फलोअप: एसएलसी परीक्षा दीन गएकी एक छात्राको दुखद कथा :-बैतडीको पाटन परीक्षा केन्द्रमा एसएलसी परीक्षा दिइरहेकी १७ वर्षीया एक छात्रा सामूहिक बलात्कारमा परेकी हुन् । परीक्षा दिन दिदीको घरमा बसेकी छात्रालाई पाटनमा व्यवसाय गरी बस्ने दुई युवकले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । प्रहरीले किटानी जाहेरीका आधारमा बैतडीको पाटनका चाँदनी फोटो स्टुडियो सञ्चालक अमर अवस्थी र जगन्नाथ पुस्तक पसलका सञ्चालक सागर भट्टलाई पक्राउ गरेका हुन्। Power News Continue reading फलोअप:एसएलसी परीक्षा दीन गएकी एक छात्राको दुखद कथा