-------------------------

प्रधानमन्त्रीद्धारा राष्ट्रका नाममा सम्बोधन

शान्ति-संविधानमा भाँजो हाल्नेलाई इतिहासले क्षमा दिँदैन : प्रधान मन्त्री
प्रधान मन्त्री बाबुराम भट्टराईले मुलुक विध्वंसात्मकबाट रचनात्मकतातर्फ फर्केको बताउँदै आफ्नो कार्यकालमा यस्तो कार्यमा सहयोग गर्न पाएकामा खुशी लागेको बताउनु  भएको छ । प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले  सम्बोधन गर्दै शान्ति प्रक्रिया कहिल्यै पछाडि नफर्कने गरी सेना समायोजन सम्पन्न भएको घोषणा गर्नुभएको छ । उहाले अहिले मुलुक शान्ति प्रक्रियाको उत्कर्षमा पुगेको र यो पछि नहट्ने पनि बताउनु भयो । Continue reading प्रधानमन्त्रीद्धारा राष्ट्रका नाममा सम्बोधन

शान्ति प्रक्रियाले मर्यो फड्को बैध बा’ले थपे अड्को

शान्ति प्रक्रियाले मर्यो फड्को बैध बा’ले थपे अड्को -लडाकु र हतियार नेपाली सेनालाई जिम्मा लगाउने सेना समायोजन विशेष समितिको निर्णयविरुद्ध माओवादी उपाध्यक्ष मोहन वैद्य समूह सडक संघर्षमा उत्रिएको छ । लडाकु र हतियार नेपाली सेनालाई जिम्मा लगाउने सेना समायोजन विशेष समितिको निर्णयविरुद्ध रुष्टहुँदै आन्दोलित भएको माओवादीको वैद्य पक्षले बुधबार बिहान चक्काजाम र साँझ मसाल जुलुस निकालेको छ । विरोध कार्यक्रममा वैद्य कार्यकर्ताहरुले प्रधानमन्त्री बाबुराम भट्टराई र पार्टी अध्यक्ष पुष्पकमल दाहालविरुद्ध नाराबाजी गरे । Off the beat- Continue reading शान्ति प्रक्रियाले मर्यो फड्को बैध बा’ले थपे अड्को