-------------------------

सुरक्षाकर्मीले उठिबास लगाएका सुकुम्वासीहरु

कपिलवस्तुको कोपवा गाविसमा पर्ने बागेश्वरी सामुदायिक बनक्षेत्रमा बसेका घर टहरा हटाइएको छ ।  जिल्ला सुरक्षा समितिको निर्ण्र्ााअनुसार जिल्ला बन कार्यालय, नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलीले आज झन्डै ४ सय घर टहरामा आगजनी गरी हटाएको हो । कपिलवस्तु रोल्पा, प्युठान, दाडँ, रुपन्देही, अर्घर्ााँची लगायतका जिल्लाबाट समेत सयौको संख्यामा आएका उनीहरुले विगत एकमहिनादेखी आफुहरु बास्तविक सुकुम्वासी भएको बताउँदै बागेश्वरी सामुदायिक बनको बनक्षेत्रभित्र घरटहरा धमाधम बनाएर बस्ती बसालेका थिए । Continue reading सुरक्षाकर्मीले उठिबास लगाएका सुकुम्वासीहरु

प्रेम पछी विवाह, विवाह पछी हत्या !

हामि सबै लाइ लाग्न सक्छ प्रेम सहजै हुने कुरा हो तर जिबनको अन्तरहिर्धयमा एउटा ठुलो खाडल हुन्छ तेसलाइ मेटायर मात्र प्रेम समन्ध बन्न सक्दछ। कसै प्रति बोलेको,कुरा गरेको अनि भेटेको आधारमा प्रेम समन्ध बन्न सक्दैन। मानीसहरु आफ्नो जीवन सुखमय बनाउने र संगै जीवन बीताउने मीठो कल्पनाका साथ प्रेम गर्छन र यसैलाई नीरंतरदिदै प्रेम समन्धलाई विवाहमा परीणत पनि गर्छन | तर सबै  प्रेम समन्ध आफुले सोचे जस्तो वा सुखद नहुदो रैछ |  हो येस्तै भयो राजधानी नजीकैको पुरानो नैकापकी  बिनीता बस्नेतको जीवनमा | Continue reading प्रेम पछी विवाह, विवाह पछी हत्या !

नक्कली भ्याट बील छली विवरण सार्वजनिक, नाम भने अझै गोप्य

प्रतिष्ठित व्यापारिक घराना मुछिएको नक्कली भ्याट बिल छानबिन सकिएको छ | करिव एक बर्ष लगाएर नक्कली भ्याट बिल प्रयोग गर्नेमाथि छानविन गरेको सरकारले उनीहरुको सूची सार्वजनिक नगरि जरिवानाको कुल रकममात्र सार्वजनिक गरेको छ । आज अर्थ मन्त्रालयले नक्कली भ्याट बिलमार्फत राजश्व छलेको अभियोगमा ५ सय १८ फर्मबाट असुल्न ६ अर्ब ६० करोड रुपैयाँ कर निर्धारण गरेको जानकारी दिएपनि कुन कुन कम्पनीले कति भ्याट छलेका थिए र उनीहरुलाई कति कति जरिवाना गरियो भन्ने खुलाइएन् । Continue reading नक्कली भ्याट बील छली विवरण सार्वजनिक, नाम भने अझै गोप्य

साझा सवाल:नेपाली महिलाहरूलाई सक्षम बनाउन के गर्नुपर्ला?

साझा सवाल:नेपाली महिलाहरूलाई सक्षम बनाउन के गर्नुपर्ला?
पितृसतात्मक सोंच भएको नेपाली समाजमा महिलाहरूले कुनै पनि क्षेत्रको नेतृत्व तहमा पुग्न निकै कठिन यात्रा पार गर्नुपर्छ । घरभित्र हुने ससाना निर्णयदेखि राज्य तहका ठूला ठूला नीति निर्माणमा समेत नेपाली महिलाहरूको समान सहभागिता छैन । तर पनि केही नेपाली महिलाहरूले कठिन यात्रा पार गरेर आफुलाई स्थापित गराएका छन् । महिलालाई सक्षम बनाउने कडि के हो? नेपाली महिलाहरूलाई सक्षम बनाउन के गर्नुपर्ला? साझा सवालको यो बहसमा हुनुहुन्छ- कर्मचारी सञ्चय कोषकी प्रमुख हसना शर्मा सुवेदी, महिला उद्यमी महासंघकी अध्यक्ष छायाँ शर्मा र नारी चेतना केन्द्रकी संस्थापक प्रतिभा सुवेदी । Continue reading साझा सवाल:नेपाली महिलाहरूलाई सक्षम बनाउन के गर्नुपर्ला?

आवासीय वार्तामा तीन दल

संबिधान निर्माणका बिषयमा सहमति जुटाउन काठमाडौको चोभार स्थित हात्तीवन रिसोर्टमा छलफल गर्न पुगेका प्रमुख दलका शीर्ष नेताहरुको सोमबारको बैठक शुरु भएको छ। सेना समायोजनको विषयमा सहमति जुटाएपछि संविधान सभाका विवादीत विषय टुङगो लगाउन एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र मधेशी मोर्चाका शीर्ष नेताहरु हिजोदेखि छलफलमा जुटेका हुन् । काठमाण्डुको हात्तिबन रिसोर्टमा जारी आन्तरिक दुई पक्षीय र बहुपक्षीय छलफलहरु मुख्य गरि राज्यको पुर्नःसंरचना, शासकीय स्वरुप, न्याय प्रणाली, मौलीक हक, भुमीको वितरण लगाएतका विषयमा केन्द्रीत रहेको नेताहरुले जनाएका छन् ।  Power News | Continue reading आवासीय वार्तामा तीन दल