होली पर्व काठमाडौं उपत्यका र पहाडी जिल्लाहरुमा आज मनाईदै छ । बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको सन्देश बोकेको फागु पर्व अर्थात हाली धुमधामका साथ मनाइन्छ ।
रंगहरुको पर्व, उमंगको पर्व अनि बिजयको पर्व। तर यस्तो पर्वमा पनि हिजोआज बिकृति भित्रन थालेको छ। होली आउनु अघिनै होलीको रमझम शुरु भैसकेको छ। पबित्र होलीमा बिकृति पनि भित्रिएको छ। प्राचीन समयमा नास्तिक हिरण्यकशिपु नामक राक्षसले भगवान् विष्णुभक्त आफ्नै छोरा प्रहृलादलाई अग्निकुण्डमा हालेर मार्नका लागि बहिनी होलिका लाई जिम्मा दिएका थिए जसलाई अग्निले डढाउन नसक्ने वरदान पाएकी थिईन्।
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video
दाजुको आदेश अनुसार होलिका प्रहृलादलाई काखमा लिएर अग्निमा बस्दा आगोले धर्मको साथ दिएकोले होलिका जलेर नष्ट भइन्, प्रहृलादलाई केही भएन। होलिका दहनकै खुसियाली मनाउन आपसमा रङ र अविर छरेर होली पर्व मनाउने परम्परा चलेको धार्मिक मान्यता रहिआएको छ। तर हिजोआज रंग र पानीको सट्टा केमिकल , इनामेल, फोहोर तथा ढलको पानीको प्रयोग गरिन्छ। ८, १० दिन अघि देखिनै होलिका नाममा फोहोर पानी तथा लोला हान्ने क्रम बढ्दो छ। बिषेशत युवतिहरु यसका सिकार हुने गर्दछन्।
केहि बर्ष यता इच्छा बिपरीत रंग दल्ने र लोला हान्ने बिरुद्ध प्रहरीले कार्वाहि गर्दै आएको छ। होली नआउदै जथाभावी लोला हान्दा अप्रिय घटना हुन सक्ने र लोला लागेर सर्वसाधरण घाइते समेत हुनसक्ने भन्दै प्रहरीले कार्वाहि पनि तीव्र बनाएको छ। कसैको इच्छा बिपरित उच्छिृंखल गतिविधिमा संलग्न हुनेहरुलाई कडा कारवाही गरिने प्रहरीले जनाएको छ।
त्यस्तै ट्राफिक नियम उल्लंघनका घटना पनी बढ्ने गर्छ होलिमा। बिषेशत युवा वर्ग हेल्मेट नलगाई र मदिरा सेवन गरेर सवारी चलाउने गर्छन्। ट्राफिक नियम उल्लंघन गरेर सवारी चलाउनेहरुलाई कार्वाहि गर्ने ट्राफिक प्रहरीले जनाएको छ। आफ्नै बिषेश महत्व रहेको होली खुसियाली साटासाट गरेर मनाउनु पर्दछ। रङगहरुको चाड होली बिकृति रहित तरिकाले मनाउन सकियो भने मात्र यो चाड मनाउनुको औचित्य रहन्छ। होली मनाऊँ उमंगले, दिल देखिनै अबिरसंग खेलेर, बिकृति बिसंगतिलाई अन्त्य गरेर।सबैलाई हामी भन्छौं ह्याप्पी होली।



जंगली देशमा नै हुन्छ चाड नै चाड काम गर्ने कहिले?
Well-loved. Like or Dislike:
20
12
भारतीय (घटिया) संस्कृति हुने लाइ मस्ती नहुने लाइ संधै सास्ती !! मनोरंजन गर्नको लागि देशमा बाता बरण हुनु पर्छ !! शान्ति र समृद्दी हुनु पर्छ ! पेट भरि खाना पाएको छैन ! होलि , घर बाट बाहिर निस्के पछि साँझ घरमा आइपुग्ने ठेगाना छैन ! होलि , २ पैशा लाइ सदुपयोग गर्ने ! २ पैशा लाइ जम्मा गर्ने पैशा लाइ चिन्ने प्रयासत कताहो कता बास पुगी नपुगी मोज मस्ती अनि भोलि दोष नेता लाइ पार्टी लाइ अनि सरकार लाइ ! नेपालीले आफ्नो घाँटी हेरेर हड्डी निल्ने छेमता राख्नु पर्छ !
Well-loved. Like or Dislike:
20
3
सबैलाई मेरो पनि होलीको शुभकामना
Hot debate. What do you think?
9
14
होलि लाइ ठोक्दे गोलि वायत को कुरो
Hot debate. What do you think?
4
4
नेपाल एउटा सास्कृतिक देस अनेकौ चाड पर्ब रितिरिवाज चालचलन अनि अनेकौ परम्परा येसिले देशलाई चिनाएको पनि छ तर एस सम्बन्धि education दिएको भने छैन खाली चाडपर्व मनाउनु पर्छा कसरि मनाउदा राम्रो हुन्छा भन्ने कुराको education भने छैन तेसिले पनि हरेक चाडपर्व मा विसंगति भित्रिएको छ
Hot debate. What do you think?
6
1
हास्नुस ,नाच्नुस ,रमाइलो गर्नुहोस के भरोसा भोलिको ,
सबै जनालाई सुभकामना छ होलीको ,
खाली हात जन्मेउ ,खाली हात जानु छ ,
अनि कसको लागि राख्ने ,टन्नै खानु छ
पुगेन भने लुते हुन्छ ,नदिय कुटे हुन्छ
जय होलि ,
Hot debate. What do you think?
5
2
धेरै नराम्रो सस्कार हो.
Hot debate. What do you think?
3
5
सबैलाई २०१२ को सुखद उपलक्चेमा हार्दिक मनगलमय सुभकामना ब्यक्त गर्दछु !!
Hot debate. What do you think?
2
3
यो होलि चाड नेपाली हरु को होइन भारती हरु को चाड हो किन पैसा समय बर्बाद गर्छौ नेपाली हो हेर त कति जना को ज्यान गुमेको छ
Hot debate. What do you think?
2
4
दुख पछि को सुख पो राम्रो हुन्छ ? कहिले देश बन्ने ? पहिले देश माथि लागोस ,नेताहरुको टाउको मा देश बनाउने सोच आओस अनि मात्र यो रमाइलो चाड होलि र अरु थुप्रै चाड हरु मनाउना रमाइलो हुन्छ जस्तो लाग्छ ////////
Hot debate. What do you think?
6
1
happy होलि day have a funn enjoye
Hot debate. What do you think?
1
4
आ, ई हाम्रोदेश को जे चाहाड परब छ उस्मे होरी पनि एक छ, बुझ्नु भएनाकी , हुँ, और हम तराइ बासि जे इन्डियाके देखासिकी काहाँ करेको छु, हम कर्दैना, बुझ्नु भयेनकी? देसवानु कही चाड मध अब होरी पनि इक बा, होरी हमरा मधेश बासीका मुख चाड मध इक बा, हिमाल मै लोशार बा, पहाड मा दशैं बा और मदेश मा होरी बा, अतः हम सब नेपाल प्रेमी का होरिका सुभकामन करछु. धन्बाध जय मधेश जय बि जे पी
मन परे हरियो, नपरे रातो
0
3
कति धेरै चाड कति धेरै मन्त्रि सब मेटाउनु पर्छ
नेपालमा एक चाड एक ३६ मन्त्रि भए पुग्छ
मन परे हरियो, नपरे रातो
1
0
हामी नेपाली यस्ता छौं साथी हो, आफ्नो धर्म र सस्कृतिलाई बिर्सेर धोतीको धर्म र सस्कृतिलाई अगाल्छौँ! त्यति मात्र कहाँ हो र आफ्नो देशमा उब्जनी भएको राम्रा खाद्द्यान्न भारततिर पठाइन्छ भने भारतमा १० बर्ष अघिदेखि कुहिएर बसेको खाद्द्यान्नचाही मंहगो मुल्यमा किनेर खाइन्छ! यो अचम्म लाग्छ!!
मन परे हरियो, नपरे रातो
1
0