-------------------------

जय स्वाभीमान: चितवन टुक्राउने यो संघीयता

चितवन मात्र होइन, देश नै टुक्राउन नदिऊँ
- रमेशकुमार पौडेल
‘संघीयता नेपालको लागि आवश्यकता नै छैन । संघीयता भएमा देश टुक्रन्छ । नेपालमा अस्थिरता चाहनेले विदेशी शक्ति केन्द्रहरूले चोर दुलोबाट संघीयतालाई भित्राएका हुन् । त्यसैले सतर्क बनांै ¤‘ यो आवाजलाई वास्ता नै गर्दैन थियौं हामी । जब चितवनलाई चार टुक्रा पारेर संघीय राज्य बनाउने टुंगो लाग्न थाल्यो अनि हामी जुर्मुराएर भन्न थाल्यौ ‘चितवन टुक्राउन पाइँदैन । ‘चितवन यसै टुक्रिएको होइन, संघीयताका कारणले यो भूमि टुक्रन थालेको हो । र हाम्रो जिल्ला टुक्राउने यो संघीयताले ढिलो चाँडो देशै टुक्राउँछ–यो कुरा अब बुझ्दै गएका छन् चितवनवासीले ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

१) नेताहरू अझै झुटो बोल्दै छन् ः
चितवन टुक्राउने कुरा देश टुक्राउने संघीयताको प्रारम्भिक बिन्दु हो भनेर धेरै चितवनवासीको मनले ठहर गरिसकेको छ । संघीयता चाहिदै चाहिदैन भन्ने धेरैको मनमा लाग्न थालेको छ । नेताहरू भने अझै संघीयताको पक्षमा छन् । त्यो पनि गलत तर्कका साथ । उद्योग वाणिज्य संघमा फागुन ९ गते भएको कार्यक्रममा जिल्लाका पार्टीहरूको तर्फबाट संयुक्त अवधारणा प्रस्तुत गर्दै एकीकृत नेकपा (माओवादी) चितवनका इन्चार्ज अनिल शर्मा बिरहीलले संघीयता विश्वको सर्वोत्कृष्ट शासन प्रणाली हो भन्ने ठोकुवा गरे । अनिल शर्मा अज्ञानी पक्कै छैनन् । उनी ज्ञाता हुन् तर ज्ञान हुँदा हुँदै पनि सरासर झुटो बोले । संघीय शासन प्रणाली आफैमा राम्रो या नराम्रो हुँदै होइन । कुन देशलाई कस्तो शासन प्रणाली चाहिने हो त्यो आवश्यकताको आधारमा संघीयता लागू गर्ने या नगर्ने भन्ने निक्र्यौल हुन्छ । विश्वमा दुई सयभन्दा बढी देशहरू छन् तर ३० वटाभन्दा पनि कम देशमा मात्रै संघीयता छ । अनि संघीयता अपनाएका सवै देशहरू सफल छैनन् ।  केही देशमा मात्रै संघीयताले हित गरेको छ नत्र भने जातीय मारकाट र देश विखन्डनलाई नै टेवा दिएको छ । अनिल शर्माले केन्द्रिकृत र एकात्मक शासन प्रणालीको घोर विरोध गरे । केन्द्रिकृत शासन प्रणालीको विरोध गर्नु आवश्यक छ तर एकात्मक शासन प्रणाली नराम्रो होइन । आज विकसित भनिएका जापान, चीन, बेलायत जस्ता देशमा एकात्मक राज्य व्यवस्था छ । केन्द्रिकृत शासन र एकात्मक शासन एउटै हो भनेर जनतालाई सुनाउनु ठूलो बेइमानी हो । आज एकात्मक शासन प्रणालीमा गएका देशहरूले धेरै राम्रो उन्नति गरेका छन् । तर अनिल शर्मा जस्तो विद्वान नेताले एकात्मक र केन्दिकृत शासन प्रणालीलाई एउटै घानमा हालेर विरोध र संघीयताको गलत तथ्यका साथ विश्लेषण र वकालत गर्नु दुःखलाग्दो विषय हो । नेताहरूको यस्तै बेइमानले गर्दा हामीहरू आज ‘चितवन टुक्राउन पाइँदैन’ भनेर आन्दोलित हुनु प¥यो । अनि चाँडै नै ‘संघीयता चाहिदैंन, देश टुक्राउन पाइदैंन’ भनेर जाग्नु पर्ने अवस्था पनि आउँदै छ ।
२) चितवनमा जे हुँदैछ त्यो संघीयता विरोधी नै काम हो ः
चितवनमा भएको आन्दोलन प्रष्ट रूपमा संघीयताविरुद्धमा नै लक्षित छ ।  यहाँ नेपाललाई तीन टुक्रा होइन, चार टुक्रा होइन, चौध टुक्रा लगाउँदा पनि अझै टुक्राउनु पर्छ र संघ बनाउनुपर्छ भन्ने आवाज संघीयताका पक्षधरहरूको छ । हामी चितवन चार टुक्रा हुन थाल्यो भनेर चित्त दुखाउँछौ । अनि अर्को अचम्म संघीयताका पक्षधरहरू टुक्राउने कुरा गरेका छन् हामी भने सिंगो चितवनलाई कायम राखेर यसमा अझै तनहुँ, गोरखा, धादिङ, मकवानपुर, पर्सा र नवलपरासीका भू–भागहरू समेत जोड्ने माग गर्दैछौं । संघीयताले जोड्ने काम गर्दै गर्दैन टुक्राउने मात्र हो । भारतको उदाहरण हेरौं उत्तर प्रदेश टुक्रेर उत्तराखन्ड राज्य बन्यो । बाँकी रहेका उत्तरप्रदेशलाई फेरि चार टुक्रा बनाउने कुरा उठ्दैछ । टुक्रनु संघीयतको विशेषता हो । हामी यो विशेषता विपरीत गएर चितवन टुक्रदा चित्त दुखाउँछौं, अनि चितवनमा अरू भू–भाग गाभ्नुपर्छ भन्छौं । चितवन अखन्ड राख, अझै बढाउ, बरू केन्द्र शासित राज्यमा राख भनेर हामी आन्दोलन गर्छौ भने हाम्रो आन्दोलनले संघीयताको प्रष्ट विरोध गरेको नै अर्थ दिन्छ । अनि योभन्दा पनि महत्वपूर्ण तथ्य के हो भने यो देशमा अरूलाई भन्दा बढी जनजातिहरूलाई संघ चाहिएको छ, क्षेत्रीयतावादी राजनीति गर्ने मधेसीहरूलाई राज्य चाहिएको छ । चितवन चार टुक्रा पारेर दुई खन्ड जातीय राज्य मगरात र ताम्सालिङमा राख्न खोजिएको हो भने एक टुक्रा मधेसमा दिन लागिएको छ । संघीयता विना जातजाति र मधेसीको विकास सम्भव छैन भनेर वकालत गर्ने तर चितवन टुक्राएर उनीहरूलाई दिन गाह्रो मान्नु आफैमा संघीयताको विरोध हो । नेताहरूको यो दोहोरो चरित्र संघीताका विरोधीले पनि राम्रैसँग बुझेका छन् । संघीयताका पक्षधरहरूले पनि राम्रोसँग चाल पाएका छन् ।
३) विकास र विकेन्द्रिकरण गफै मात्र रहेछ ः
संघीयता भनेको राज्यको माथिल्लो निकायको अधिकार जनतासम्म ल्याउने विधि हो भनेर हामीलाई भनियो । तर के रहेछ अहिले प्रष्ट भयो । चितवनलाई के गर्ने भनेर यहाँ आएर कसैले सोधे न काठमाडौंमा नै बसेर चार टुक्रा बनाइयो । दिनको संकेत बिहानीले गर्छ भन्छन् संघीयताको सिमा निर्धारण गर्दा त यहाँकालाई वास्ता गरिएन जनतालाई टेर्दै नटेर्ने हाम्रा नेताले भोलि के गर्लान् ? कुरा अहिल्यै छर्लङ भएको छ । नेपाल जस्तो अविकसित देशको विकास गर्न संघीयता चाहिएको हो भनिन्छ । संघीयताले विकास हुन्छ भनेर नेताहरूले नै पत्याएनन् । जनताले त झन के पत्याउनु ? चितवनलाई चार टुक्रा पार्दा विरोधमा भनियो प्रशासनिक कामका लागि पाल्पा जान गाह्रो छ, जनकपुर जान सकिन्न, धुलिखेल पुग्न कष्ट हुन्छ त्यसैले जे छ यही कायम गरौं । यो विकास हुँदैन भन्ने लागेर नै आएको अभिव्यक्ति हो । विकास हुने भए रेल चढेर या जाहाज चढेर अथवा राम्रो सडकमा बस, जीप नै चढेर नेपालको पुर्व–पश्चिम पुग्न कठिन हुँदैन । संघीयताले विकास हुने कुरामा विश्वस्त हुन सकेको भए हामी बरू दुई चार वर्ष कुर्न तयार हुने थियौं जनकपुर, पाल्पा पुग्न आनाकानी गर्ने थिएनौं । विकास हुन्छ भन्ने केही ग्यारेण्टी छैन त्यसैले हामी पाल्पा, जनकपुर र धुलिखेल जान आनाकानी ग¥यौं अनि आन्दोलन गर्न तम्सियौं र भन्यौ ‘चितवन टुक्राउन पाइँदैन ।’
४) अब के गर्ने ः
चितवन टुक्राउन पाइँदैन भनेर हामीले संघर्ष थाल्यौं अब संघीयता खारेज गर एकात्मक राज्य व्यवस्था कायम गर भनेर आन्दोलनको उभार ल्याउन आवश्यक छ । संघीयताको विशेषता देश टुक्राउने नै हो । विकेन्द्रिकरण र स्वायत्तता सहितको एकात्मक राज्य व्यवस्थामा केन्द्रका अधिकार प्रदेशदेखि राज्यको तल्लो इकाइसम्म पुग्न सक्छ तर देश टुक्राउन पाउने अधिकार रहँदैन । देश टुक्राउँछु भनेर धम्की दिंदै राजनीति शक्ति बलियो बनाउने दुर्गुण संघीयताले बोकेर आउँछ । स्वायत्तता सहितको एकात्मक प्रणालीमा देश विकासका लागि काम गर्नुपर्छ देश टुक्राउँछु भनेर गफ गर्न र धम्की दिन पाइँदैन ।
संघीयता हुनहुन लाग्दा त यहाँका नेताहरू देश टुक्राउँछु भन्ने धम्की दिंदै पद र कुर्ची हड्पेर बस्छन् । अकुत सम्पति कुम्ल्याएका छन् । देशको विकास गर्ने नियत नै नभएकाहरू र भ्रष्टाचार गरेर गन्हाएकाहरूले देश टुक्राउछु भन्ने धम्की दिंदैछन् । मानि लिउँ देश टुक्राउँछु भन्ने नेतालाई ‘ल लैजान त कति लैजाने हो’ भनेर सोध्ने हो भने उसले भन्ने छ ‘तिमीले लैजाउ भन्दैमा त्यो ठाउँ म तुरून्तै लान्न । मलाई तिमीहरूले विकास गर्ने बजेट देउ त्यहाँ पहिला विकास होस त्यसपछि  हेरौंला’ भनेर बार्गेनिङ सुरू गर्नेछ । अर्थात देश टुक्राउने धम्की दिंदै पैसामा सुत्न पाए पुग्छ नेपालका केही नेतालाई ।  संघीयताको विरोध कसैलाई अपाच्य लाग्ला । तर नेपाल र नेपालीको हित गर्नलाई र हाम्रो देशको आवश्यकतालाई ख्याल राखेर संघीयता अपनाउन थालिएको पटक्कै होइन । यो त देश टुक्राउछु भन्ने विखन्डनकारीलाई बल दिन अपनाउन थालिएको हो । अनि नेपालीहरू सधै झगडा गरून् एकमत बन्न नसकोस देश विकास रोकियोस भनेर विदेशीले नेपालमा छिराइ दिएको कलहको बीउ मात्रै हो । यो बीउलाई अंकुराउन नदिंदा नै राम्रो हुनेछ ।     अन्त्यमा पत्रकार देवप्रकाश त्रिपाठीले काठमाडौंबाट निस्कने घटना विचार साप्ताहिकमा लेखेको लेखको अंश पनि हेरौं न । उनले लेखेका छन् ‘संघीय ढाँचामा मुलुकलाई लैजाने सोंच जे जस्तो सकारात्मक कारण र नियतले गरिएको भए पनि कालान्तरमा अरू कसैको चाहना पूरा गर्ने प्रस्थान बिन्दु मात्र बन्ने निश्चित छ । त्यसैले संघीय पद्धतिमा जाने साेंचबाट फिर्ता हुन प्रचन्डलाई विनम्र आग्रह गरिन्छ ।’ संघीयता आफैमा खराव हो भनेर म भन्दिन तर नेपालमा संघीयताका सकारात्मक पाटोभन्दा नकारात्मक पक्ष हावी हुने निश्चित देखिएको छ । यो तथ्यलाई नजर अन्दाज नगरौं । चितवन टुक्राउन पाइँदैन मात्र होइन, अब चितवनवासीले यो नारा पनि लगाउनु पर्ने बेला आएको छ–‘संघीयता चाहिंदैन, देश टुक्राउन पाइँदैन ।‘
(लेखक  नेपाल पत्रकार महासंघ शाखा चितवनका उपाध्यक्ष हुन् । )

35 comments to जय स्वाभीमान: चितवन टुक्राउने यो संघीयता

  • padam bist

    रमेश जी ले लेख्नु भएको सहि हो र सत्य यहि हो\संघियता ले मात्र नेताहरु बढी उत्पादन हुने गर्छन /संघियता नेता जन्माउने थलो हुन्छ /देश टुक्रिए नेता बढी चाहिने हुन्छ /देशले खर्च धान्न सक्दैन र देश झन्झन् गरिब हुदै जान्छ \नेपाल धनि भएको मित्र राष्ट्र हरुलाई मन पर्दैन /कसरि नेपाल लाई गरिबी तिर र अन्धकार तिर लैजान सकिन्छ त्यो नै पहिलो प्राथमिकतामा हाल्छन \मित्र राष्ट्र हरुले सहयोग गरे पनि त्यो आथिक सहयोग दुरगामी फायदा पुग्ने छदै छैन /यो कुरा सबै नेपाली जनतालाई स्मरण रहोस \र देश संघियतामा जना
    बाट बचाओं \

    Well-loved. Like or Dislike: Thumb up 59 Thumb down 6

  • rajan

    चितवन टुक्र्याउने लाइ हामी सबै मिलेर टुक्र्याउनु पर्छ /

    Well-loved. Like or Dislike: Thumb up 68 Thumb down 4

  • गिरिजाले देशको भू-भाग भारतलाई बेचेर खायो! सिमा क्षेत्रको नदि नाला र सार्बजनिक बनको काठसहित बेचेर खायो! त्यति मात्र कहाँ हो र भारतका धोतिहरुलाई विराट नगरमा ल्याएर नेपाली नागरिक दिलाए, तर त्यतिखेर कसैको मुटु दुखेन! अहिले संघियता र संघिय राज्यको कुरो मात्र उठेको दुनियाको मुटु दुख्यो! ९० सालको भुइँ चालो फेरी आउन लागे जतिकै त्रास लागिरहेको छ कसै कसैलाई!!!

    Hot debate. What do you think? Thumb up 29 Thumb down 70

  • krishna (prabasi)

    माओबादी भनाउदा राकस हरुको उदण्डता, हिंसा, रस्त्रघाती र जनघाती क्रियाकलाप ले गर्दा आज देस क्ष्यत बिछ्यत हुन लागेको छ. चितवन बासि ले सुरुगरेको आन्दोलन लाइ सम्पूर्ण नेपाली ले साथ् दिनु पर्छ र देशभरी आन्दोलन चर्काउनु पर्छ. रास्ट्रीय एकता को निम्ति भ्रस्टाचारी, बिखन्डन बादी, ज्यानमारा लुटेरा हरुले ल्याएको संघियता को परिकल्पना लाइ राको लिएर जलाउनु पर्छ. देसघाती हरुको क्रियाकलाप हेरेरै पनि के निस्कर्स निकाल्न सकिन्छ भने तिनीहरुको सफलता भनेको देस को असफलता हो, र राजनीतिक घटनाक्रम र देसको अबस्था बाटै पनि यो पुस्टि हुन्छ किनकि अहिले उनीहरु सफल छन र देस असफल बनेको छ. तसर्थ देस को सफलता को लागि देश घाती हरुको असफलता आबस्यक छ. देस्घाती हरु लाइ पराजित गर्न चितवन बासि सरह सम्पूर्ण देस बासि नै आन्दोलन मा उत्रने बेला आइसकेको छ.

    Well-loved. Like or Dislike: Thumb up 49 Thumb down 10

    • krishna k.c.

      सिंगो देश थोत्रो बनाए यतिले पनि न पुगेर देशलाई अंश लगाएर अब आ आफ्नो भाग मा रजाइ गर्न देश लाइ संघियता को कल्पना गर्दै छन् देशलाई कदापि संघियतामा लैजान दिन हुदैन हामि सबै आ आफ्नो ठाउबाट येस्कोबिरोध गर्नु पर्छ |

      Well-loved. Like or Dislike: Thumb up 17 Thumb down 2

  • लेखकसंग म पूर्णरुपले सहमत छु | वहाको तर्क सही हो | संघियताको नाममा देश टुक्राउने कार्य देशद्रोही नेतार तिनिका कार्यकर्ताहरु द्वारा हुदैछ | नेपाल कुनै ठुलो भूभाग र अर्बोउ को जनसंख्या भएको देश होइन | जम्मा एक लाख सर्चालिश हजार र केहि बर्ग किलोमिटर छ | एस्लाई सासन र विकाश को लागि टुक्राउने हो भनि नेपाल फेरी २२ र २४सी राज्य बन्नु बेर लाग्दैन | बर्तमान बाट फेरी इतिहास तर्फ फर्केको हुन्छ र नेपालको आस्तित्वनइ मेटिन्छ | नेपालको प्रगतिको बाधक संघियता नभएर होइन यसको बाधक चाँही देशमा अनुसासन हिन राज्नित्ग्य, मन्त्रि , कार्यकर्ता र ठुलो पदमा बसेका सरकारी कर्मचारीहरुको भ्रस्ट बुद्धि र तिनीहरुको तुच्छ विचार र कार्यसंचालन हो | सरकारी कर्यालयमा कुनै काम लिएर जानुस कि त हाकिम हुदैन वा कर्मचारीले घुष नलीइ कामै गर्दैन | एस्तो परिस्तिथिमा जनताले बाद्ध्य भएर आफ्नो काम गराउनको निमित्त कर्मचारीलाइ घुष दिन्छन तर बहाना चाही अरु केहि बनाउछन | येदी देशमा शुशासन को व्येव्स्था हुदोहो भने संघियता को कुनै प्रश्न आउने थियन | यो प्रश्न पछाडी पनि मुख्य दुइवटा स्वर्थ लुकेको छ त्यो हो बिदेशी द्वारा देश लाई खण्डित पर्नु हो र जो एशो पढेलेखेको र स्थनीय तहमा समाजमा आफ्नो अधिपत्य जमाउन चाहन्छ त्येस्ताले संघियेताको स्थापना द्वारा राजनीतिग्य बन्नु वा ठुलो वोहदा लीई आफ्नो स्वार्थपूर्ति गर्नुहो | संघियेताले केन्द्रमा भएको राज्नितिग्यहरुलाई झनै लाभ पुराउछ | तिनीहरुले आफ्नो चम्चा हरुलाई नै मौकादीई आफु बलियोहुने छन् | जे भए पनि अब सबै नेपाली जनताले सोचेर केहि पहल चाहिं गर्नु पारो | देश र सर्भौमता छ र हामि नेपाली हौं भनि विश्वमा चिनिन्छौ येदी ब्येर्थमा देशलाई तुक्राउदेइ जानेहो भनि हाम्रो भावी संन्तत्तिहरु को के होला ? विचार ग़रोउ र राम्रो सोचको साथ हामी सबै अगाढी बढौ येही हामी सबै नेपाली को चाहना भ्हौस |

    Well-loved. Like or Dislike: Thumb up 41 Thumb down 4

  • Raj usa

    जसले Nepal देस टुक्रयाउने प्रस्ताब राखेको थियो त्यो Manche ले भोलिको घाम देख्न नापवोस प्रभु मेरो यहि अन्तिम एछ्य छ जय नेपाल

    Well-loved. Like or Dislike: Thumb up 64 Thumb down 5

  • very sad NEWS… Y these people are thinking such a crappy things by not doing what are in position for!

    Hot debate. What do you think? Thumb up 0 Thumb down 4

  • James Rana

    संघिय शासन नेपालको जातजातिको आधारमा हुनु पर्छ / यो देशको शक्ति टुक्राउनु होइन / सबै जातिहरुको समान अधिकार हो / देश उच्च बुर्जुवा जाति ले मात्रै देश शासन गर्न पाउनु पर्छ भन्ने छैन / यदि देशमा जात जातिको आधारमा संघिय सासन भएन भने देश मा जातीय युद्ध अबसै हुनेछ र बुर्जुवा जातिको हार हुने छ /

    Hot debate. What do you think? Thumb up 13 Thumb down 53

  • sushil chaulagain

    चितवन टुक्राउन पनि पाइदैन,र देश को कुनै पनि जिल्ला टुक्राउन पाइदैन| र यो शंघियता को पनि हाम्रो देशमा आब्सेकता छैन||||

    Well-loved. Like or Dislike: Thumb up 45 Thumb down 4

  • kumar

    हाम्रा राष्ट्र पिता परिथ्वी नारायण ले नेपाल लै एक बनैदिए! … नेपाल १४ अंचल ,७५ जिल्ला नै ठिक छ…. हे घु खाने नेता हरु हो एदी सक्छौ भने नेपाली को दुइ छाक को garanti गार ..हरेक दिन २-३ हजार युवा बेद्शी का छ तिनलाई रोक .. एस्त धेरी समस्या छन् नेपाल मा ..किन हो आफ्नो घटिया राजनीतिको लागे एस्तो देश दोरोही काम गर्छौ … देश बनाउन त सकेनौ देश बिगार्ने तिमीहरु लै कुनै अधिकार छैन ..jaya shwaviman

    Well-loved. Like or Dislike: Thumb up 48 Thumb down 4

  • muna

    desh ma janata lai hat mukh jorna garo vairachha , hamra neta haru chai bidesi sanga rin magdai ulto ra palto kam garchhan , janata soja chhan , yi rachhes haru chhatai rahe ka chhan .

    Well-loved. Like or Dislike: Thumb up 15 Thumb down 2

  • Laxmi Nakarmi

    यो अरु केहि होइन,नेपाली को गिदी मा गोबर भरिएको ले आफ्नो खुट्टा मा आफैले बन्चरो हान्न खोजिएको हो ! एक नम्बर मा नेपाली ले संघियता को अर्थ नै बुझेका छैनन्! बुझेका ले अरु लाइ सम्झाएका छैनन् ! यसैलाई तुरूप को पत्ता सरि भारत ले नेपाल लाइ टुक्राएर खाने सजिलो उपाए बनाएको छ.दोष नेपालीको हो !देश टुक्राउने सपना देख्ने लाइ देशद्रोही को नाम मा फासी दिनु पर्ने हो.के हो त संघियेता भनेको?मैले जानेको त देश क कुना काप्चा मा पनि बिकाश पुगोस भनेर राज्यको शासन शक्ति समान रुपले विकेन्द्रीकरण गर्नु हो.त्यहाँ जात भात को रेखा खिचिनु सर्वथा अनुचित हुन्छ!
    तर नेपाल को संघियता यस्तो रुप ले अगाडी बढेको छैन नेपाल मा त जाति बिशेष लाइ अघि सारेर जातीय त को नाम मा राज्य को सिमाना कोरिन थालेको छ किरात लाइ किरात राज्य / नेवार लाइ नेवार राज्य/खस लाइ खस राज्य? यो कस्तो संघियता ?मा नेवार को छोरो मलाई नेवार राज्य होइन बलियो, संगठित बिकाश नेपाल चाहिएको हो त्यहाँ बस्ने सबै नेपाली हुन् सबै मेरा आफन्त,किन मेरा आफन्त लाइ बैरी बनाउन खोजिंदैछ ! सायद अन्य नेपाली दाजु भाई लाइ पनि यस्तै चाहनु हुन्छ,
    “नेपाल रहे नेपाली रहन्छ, नेपाल टुक्रिए सबै दास बन्छ”
    नेपाल नै नरहे के को नेपाली स्वाभिमान?
    यी नेता भनाउदा हरु, पंचायत ले कोरेको पांच बिकाश क्षेत्र को त बिकाश गर्न सकेन! अब को १२/१५ संघियता को कसरि कुन आधार मा बिकाश गर्लान? यो त भारत लाइ सजिलो संग नेपाल सुम्पने चाल मात्रै हो.
    नेपाल लाइ सिक्किम बनाउने कुचेष्टा नहोस.

    Well-loved. Like or Dislike: Thumb up 39 Thumb down 4

  • khadak bahadur budha magar

    जुन झमेला भएकोछ त्यो सबै चितवन जिल्लाका संघिय बिरोधि यकाधिकार बादी नेताहरुले गर्दा, त्याहाँका साधारण जनताहरु लाइ उर्लेनु लगाएको मात्रहोन, होइनभने, के ? हाल नेपालमा १४ अन्चल ७५ जिल्ला हरुछन त, किन ? त्यो लाइपनि देश तुक्करायेको भन्नुपर्ने थियन? हैन भने त्यो यकाधिकार बादी जातिहरुले जे भन्दापनि होने,अरुले भन्दा नहोने? एस कारणले यहि जालको पछाडी केहिन केहि सदयान्त्र पक्कैछ भन्ने भुझिन्छ| होइन भने जिल्ला बात गाबिश,गाबिश बात वाडा को विभाजन हुन्छ भने| यो पनित संघिया साशन अन्तर घड रही स्थानिय स्वोवेत साशनको लागित आफ्नो क्षेत्र त चाहियोनै होइनर? इदी स्वोइत क्षेत्र छुताउदा देश तुक्कर्यो भन्ने हो भने,अब नेपालमा नो अन्चल नो क्षेत्र नो जिल्ला| र ७५ गोता सिडिओ को ठाउमा १ एक जना सिडिओ ले चलाउनु पर्छ, कोइ
    मान्नु तयार छन?

    Hot debate. What do you think? Thumb up 8 Thumb down 47

  • bigyanadhikari

    चितवन

    Hot debate. What do you think? Thumb up 1 Thumb down 5

  • Mraj rana

    के गर्ने यति राम्रो हाम्रो देश नेपाल मावोबादिहरुलेनै सक्ने भय के गर्ने होला पर्भु ? हे नेपाली जनता अबत जागन

    Well-loved. Like or Dislike: Thumb up 30 Thumb down 5

  • “बिनाश काले बिपरित बुद्धि” नेपाल कुनै भुसिया कुकुरहरुले फेला पारेको जुठेल्नुको हड्डी होइन जुन कुकुरले भेटेपनि दारने, यो त हाम्रा पुर्खाहरुले खुन पसिना बगाएर आर्जेको देश “अखण्ड नेपाल” हो / नेपाल नेपालीको हो,मात्र नेपालीको न त यो कुनै एक जातको हो न त कुनै एक बिशेष समुदाएको, यो त नेपालीहरुको देस नेपाल हो/यो प्रचण्डले र बाबुरामले दाइजोमा पाएको मुलुक होइन आफु खुसि गर्नलाइ,फुटाऊनलाई या टुक्रौनालाई न त आरु कुनै पार्टीहरुको पेवा हो/ संगीयेताको भुत नेपालमा भित्राउने माओबादीहो तर दैचयूरे प्रचण्ड हामी चितवन तुक्रौदैनौ भन्दैछ तेरीमा bhrastchari

    Well-loved. Like or Dislike: Thumb up 44 Thumb down 4

  • नेपाल का राजनीतिक दलाल हरु को विश्वास गर्न धेरै गार्हो छ ! झन् तेस माथि प्रचंडे आतंकबादी ज्यानमारा को विश्वास गर्ने त कुरा नै भएन ! यो आतंकबादी ले चितवन टुक्रा हुदैन भन्ने त विश्वास नै छैन ! चितवन लाइ टुक्रा बनाएर यो आतंकबादी चितवन को रास्ट्रपति बन्ने दाउ मा छ ! म त भन्छु नेपाल लाइ सुधार्ने हो भने ४,५ जना आफुलाई माहान नेता भन्ने लाइ पहिला ठोक्नु पर्छ ! अनि दोस्रो मा बाकी का चोर देशद्रोही भ्रस्टचारी गदार दलाल नेता र मन्त्रि लाइ ठोक्नु पर्छ ! अनि मात्रै हाम्रो देश नेपाल स्वाभिमान बाची रहन्छ !

    Hot debate. What do you think? Thumb up 6 Thumb down 1

  • Mahesh Sharma

    यो बिसयमा माओबादी नै सबभन्दा गद्दार छ . देशलाई यो दुर्गतिमा पुर्याउने १ गिरिजा एंड कम्पनी र माओबादी नै हो . यी दुवैलाइ नांगेधार पर्नु पर्छ .

    Hot debate. What do you think? Thumb up 7 Thumb down 1

  • Mahesh Sharma

    ५ विकास क्षेत्र लाइ नै संघिय राज्य बनाउनु पर्छ . यसको विकल्प छैन .

    Hot debate. What do you think? Thumb up 9 Thumb down 2

  • nepali patroit

    राम्रो गाना ! समाचार भन्दा गाना नै बढी भएकोले गाना बाट नै केहि सिकौ ! जे मनलाग्यो तेही गर्ने , यो कुकुर नेता हरू ले आफ्नो गुन्डा अड्डा बनाउन सबै टुक्राउने खोज्दै छन् | साला सबै सबसाद को लागि ठाउँ बनाउन लागेको हो कि क्या हो ? साला कुत्ता हरू ले road हरू को नाम त पारस मार्घ, प्रचण्ड मार्घ राख्न भ्यासक्यो अब हुदा हुदा गुप्ता जिल्ला ,यादब जिल्ला , भट्टराई जिल्ला , यमी गाबिस राख्न खोज्दै छ कि क्या हो ? यो कदापी हुन दिनू हुदैन | देश त लगभग फूतैसक्यो अब हुदा हुदा जिल्ला ,गाबिस ,वोड़ा पनि फूतौने विचार छ | अझै हेर्नूस न साथि हरू टुक्राउने पनि option 1 र option 2 sample हरू | फेरी यौटै पार्टी को होइन | प्रत्येक पार्टी को individual sample हरू | |

    Hot debate. What do you think? Thumb up 7 Thumb down 2

  • Revolustionist

    देश टुक्रिने र टुक्राउने भन्ने सवाल संघिय बिरोधिहरुको हो .. संघियताले भारंताको उत्तर प्रदेश उत्तरखंडे देश भएर विश्वमा अहिले १९६+१ = १९७ वटा देशहरु भएका छन् independant countries को संख्या बढ्ने भो अब बिस्वमा नेपाल संघिय राष्ट्र भयो भने … धोति हरु… संघियताको बिरोध हुन्छ भने एकात्मक र एकजाती बादी शासनको पनि बिरोध हुनेछ . २४० बर्षे अवधिको काइते शासनको आडमा आफ्नु मात्रै कुरा सहि हो आफु मात्रै सर्बेसर्बा भन्ने घटिया सोच बाट अलिक फराकिलो सोच बनाउनु होस् जय नेपाल … संघियता जिन्दाबाद …

    Hot debate. What do you think? Thumb up 3 Thumb down 13

  • rai anish

    नेपाल संघियता मा जाँदैमा नेपाल तुक्रिंचा वन्नु गलत हो.संसारमा धेरै देशरु संघियतामा गएका छन् खाए त टुक्रिएको ति देशरु.संघियता मा जाँदा चितवन मात्र होइन धेरै जिल्ला हरु टुक्रिनु पर्ने हुन्छ ..होला २ ४ वटा देशरु तुक्तेअको होला तर धेरै देश हरु त तुरेअको छैनन नि .

    Hot debate. What do you think? Thumb up 3 Thumb down 10

  • Upendra Yadav

    छेत्री बाहुनको मुटु मा ढ्यांग्रो बजेको छ , संघिताको बिरोधि सबै यी बाहुन छेत्री अब आदिवासी जनजाति मधेसीले ,दलितले पनि अधिकार पाए आफु जस्तै हुन्छा भनि त्रसित छन् ,त्यसैले सोझा साझा जनतालाई संघियेताको बारेमा भ्रम छर्दै छन् तर हामि आदिवासी ,मधेसी ,दलित एक भै अधिकारको लागि निर्विकल्प सर्त संघियता मा प्रण गरौ .

    Hot debate. What do you think? Thumb up 3 Thumb down 17

  • nirmala poudel

    जसबाट चितवनलाई टुक्राउन सहि छाप लगाउछ ! त्यसको नै ज्यान टुक्रा टुक्रा पारिन्छ चितवन बाशिले ! त्यसको बाउको बिर्ता होर ! ९००००० लाख जनताको चाहाना लाइ टुटाउन खोज्ने ?

    Well-loved. Like or Dislike: Thumb up 12 Thumb down 4

  • Revolustionist

    संघिय राज्य प्रणालीमा बर्तमान ५ बिकास छेत्र / १४ अंचल र ७५ जिल्लामा हरेक छेत्रको / निकायको प्रमुख र अन्य चम्चेहरु खनाल , ओली , अधिकारि , कोइराला , सिटौला , नेपाल , सिवाकोटी , राणा, ढकाल , रेग्मी , बानिया , उपाध्या, आदि ले रत्तैली खेल्नु नपाइने भो भनेर संघियताको घोर बिरोध गर्नु १००% जरुर छ . आफ्नो गास र कपास खोसिन्दै छ भने को खुसि हुने ?? संघियता आफुलाई घाडो भाको वस्तु मात्रै हो त्यो चिज माथि उल्लेखित बुद्धिजीवी बर्गले नखाने / उपभोग नगर्ने वस्तु “संघियताको १ गाँस” त्यो गाँस निलेमा भोको हुने नानिलेमा डाकर आउने . .. निलेर भोको हुने गाँस .. नानिल्दैमा डाकर आउने किन निल्नु ????

    Hot debate. What do you think? Thumb up 4 Thumb down 9

  • होएना ति भातमारा नेताहरु कता गएका छन् आज भोलि भोट मागेर काठमाडौँ छिरे पछी तिनीहरुले चितवन फर्कन पर्देइन कि क्या हो …एक पटक यो कुरा पनि मनन गर्नु जरुरि छ कि चितवन टुक्रियो भने तिनीहरुको अन्तिम संस्कार चितवन बासीहरुले नारायणी को पुलमा गर्नेछन ..सबै लै चेतना भया..जय स्वाभिमान

    Well-loved. Like or Dislike: Thumb up 10 Thumb down 1

  • razivs

    my report
    i need 50 people to complete. please pass it to your friends if they can fill it . give 2 minutes for our country as this is going to be printed and kept in the university library and it it an honor that people knows about our country. there are nothing about Nepal most of my friends thinks nepal is in India. there fore i want to do this research please help. copy the link and tell your friends to pass it through as well please.
    http://www.surveymonkey.com/s/KNWLW6B
    http://www.surveymonkey.com/s/87396H6

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

  • ६तीरी ५२ को लागी त हामी जान जाती कर बुजावोश सदैको जै अनि तीयो कर को पैसा ले उनी हरू सदै जै माजा गर्नु पावाश र हामी गयेर ६तीरी ५२ ले सदै उनि हरु लाई पाली राख्नु परोश अनि हामी माथी सदै जै दमान गर्नु पावोश बन्ने ईचेया छ नि उनि हरु को त तर एन्ग्लिश मा एक बनाइ छ नी (EVERY DOG HAS A DAY )बनी अब ६तीरी ५२ को पनि दीन आयो बनी जाने हुन्छा,जुन दीन हामी सबै गयेर ६तीरी ५२ एक हुन्छौ तीयो दीन बाजे हरु BACK TO बिहार.

    Hot debate. What do you think? Thumb up 3 Thumb down 2

  • आदिबाशी जनजातिलाई संघियता र संघिय राज्यको कुरा उठाएर चुनाब जिते क्षेत्री बाहुनले, अहिले आएर तिनीहरुले नै बिरोध जनाउछन! जन जातिले मागेको हैन संघिय राज्य छेत्री बाहुनले नै दिन्छौं भनेका हुन्!

    Hot debate. What do you think? Thumb up 6 Thumb down 3

  • Rai

    तिलक मोक्तान जेम्स राना खडक मगर को कुरा १००/ थिकछ बुढा मगर्जिले भने झैँ यसको पछी केहीछ बोम्ब पटके झैँ भने हो भने ठुलो हात छेत्री बात र बाहुन बातको छ भात खाने मुखले भात खान्छ न खाने मुखले के खान्छ यो कुरा बुज्नु घरतिर कुद्ग्नु चितवन आन्दोलन मात्र माछा माछा भ्यागुतो मात्र गर्नु खोज्यहो
    जय खम्बुवान लिम्बुवान ताम्साली मगरात अरु लाईटेक्ने लौरोले पुतली किक्क दियर बारीको पातमा पुरैदेउ

    Hot debate. What do you think? Thumb up 3 Thumb down 5

  • Andy Shrestha

    “भएको नबिगार नभएको देउ “.
    नक्सा फेरेर केहि परिबर्तन हुदैन , जनतालाइ मदेशी, पहाडी र हिमाली भएर बच्नु छैन, खुशीले बच्नु छ. कृपा गरेर तपैहरुको नभएको दिमाग यो भूगोल को नाप नक्सा बनाउनु साटो जनतालाइ कसरि बचाउने सोच्नुस . सम्विदान देउ, बत्ति देउ, तेल देउ हामीलाई बच्न देउ ….

    Hot debate. What do you think? Thumb up 7 Thumb down 2

  • min

    एक छाक जोहो गर्न मुस्किल भै रहेको अवस्था मा जातीय राज्य ! खबरदार देश टुक्राएर र त देखाऊ साथी अनि थाहा होला क्षेत्री बाहुन को तागत ! क्षेत्री र तरवारको नाता थाहा छ कि छैन ? यदि थाहा छैन भने इतिहाँसको पाना पल्टाएर हेर या क, ख पढ्न जन्देइनौ भने कसै संग पढी माग ल ! फुर्सद मा गरेको गल्ति ले पछि पछुताउनु पर्ला ! जानी राख !!!

    Hot debate. What do you think? Thumb up 2 Thumb down 2

  • ck Sampang

    रमेशकुमार पोद्रेल्जी यो हुनुमा तपाई हरुकै ठुलो हात छ यो तपैहरुकै चाहनाहो किनकि तपाईहरुले हामी भन्ने सब्द बुझेको भए यो चितवन टुक्रिने कुरो आउने थिएना सबै मेरो मलाई मेरोलागि यो मात्र बुझ्नुभएकोले यो हुदैछ राइले दुधमा पकायको चामल खानु हुने पानीमा पाकेको पिठो खानु नहुने पानी खाने कुवा कामी दमैले छुन न हुने कुरा बुज्धा तपाई हरु नेपाल बस्नु हुदैन किनकि नेपालमा धेरै कामी दमै सार्की राई लिम्बु गुरुङ मगर नेवार शेर्पा हरुले छुएको पानी खानु हुदैन यो कुरा बुज्नु नेपालमा बस्ने हो भने बानी सुधार्नु अनि हामी भन्ने सब्द लाईमन्त्र बनाउनु

    मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

  • चितवन भनेको त नेपाल को दोस्रो राजधानी हो
    अनी नेपाल को मुटु हो किन टुक्रौने ;
    जे थियो हिजैबितेकादिन ठीकथियो १४ अंचल ७५ जिल्ला
    भनेर बिभाजन गरेर दुसमन लडेर पुबमा तीस्था र पचिम्मा ;
    काँगड़ भनेर चिनायको देश आज सबै भारत ले आफ्नु बनायकोछ
    चोर नेता हरुलेगर्दा ‘
    पल पल जनता रुयको हेरनी होइना अब बाकिरहेको ठौ टुक्रा;
    टुक्रा बनाएर कुन देश लाई बचनालागेको होला नि

    देश को बिकाश उन्नति र जनता लाई रोजगार नभएर कती नेपाली
    दाजू भाई दीदी बहिनी हरु ले बिदेसिनु परेकोछ र अकल्मै ज्यां गुमौंन
    बाध्य भएकछं ; बिना गलती मिर्तू दंन्दाको सजाये भोगेर बिदेसी जेलम रुएर बस्नबध्य हुन परेकोछ खै यस्तो कुरमा ध्यान दिएको खाते चोर सरकार;
    अझै कती होला सोह्जा साधा जनतालाई रुवाएर रगत को खोला
    बगौने ;

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

Leave a Reply

 

 

 

You can use these HTML tags

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Enable Google Transliteration.(To type in English, press Ctrl+g)