ठूला जलविद्युत परियोजना सुरु हुन नपाउँदै विवादमा घेरिने पुरानो रोग पश्चिम सेतीमा समेत सल्किएको छ। लोडसेडिङको चर्को मार खेपिरहेका बेला ७ सय ५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत आयोजना बनाउन सरकारले एक चिनियाँ कम्पनीसँग गरेको समझदारी राजनीतिक दाउपेचको चेपुवामा परेको छ । व्यवस्थापिका संसदको प्राकृतिक स्रोत साधन समितिको बैठकले पश्चिम सेती आयोजना निर्माणकालागि भएको सम्झौदा अपारदर्शी भएको भन्दै छानविन उपसमिति गठन गरेको छ ।
समितिले बिना प्रतिष्पर्धा पश्चिम सेती निर्माणको जिम्मा चिनिँया कम्पनी थ्री गोर्जेजलाई दिन लागिएको सम्बन्धमा छानविन गर्न शान्ता चौधरीको संयोजकत्वमा दशदिनभित्र प्रतिवेदन पेश गर्ने गरी उपसमिति गठन गर्नुका साथै छानबिन नसकिदासम्म पश्चिम सेतीको काम अगाडि नबढाउन सरकारलाई निर्देशन दिएको हो ।-Mission News
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video



यो काम अगाडी बडाही कन छाड्नु पर्छ . जनता लाइ जल्बिदुत चाहिएको.छ ..फाल्टो कुरा बादमा .छानबिन गर्नु कारण पैसा गुस खान नपाएको चोर मन्त्रि लाइ तेतिनै हो
Well-loved. Like or Dislike:
35
0
ओह…..नेताहरुजी, कृपाये देश र जनताकोलागि राजनीतिक नगरौ ! हजुरहरु आ-आफ्नो पार्टी,गुट-उपागुटमा मात्रै राजनीतिक सिमित राखेर बाँकि बिषायेमा राजनीतिक नगर्दिनु ! ” माशु काटे घटछा,कुरा गरे बड्छा ” भन्ने उखानको पनि ख्याल राखिदिनु ! सम्बन्धित जिम्बेदर सम्भालेको मन्त्रि र उसको सल्लाह समितिले नाप-जप गरेर signature भैसकेको सम्झौता पत्र लाई किन प्रश्न उठाउनु भएको ? नेपाल र नेपालीलाई तपाई हरुको यो राजनीतिक खिचा-तानाले छिया-छिया बनाई सक्यो, क्रिपये धेरै गर्नु तर कम बोल्नु ! नेपाल र नेपाली को लागि राजनीतिक नगरिदिनु ! धन्यबाद !!!!!
Hot debate. What do you think?
5
0
छानबिन गर देश बिकाशमा त सबै दल मिल्नु पर्क्ष नी, सदै बिरोद मात्र राम्रो कम लाइ सबै ले राम्रो भन्नु पर्क्ष नराम्रो को पो बिरोद गर्नु पर्क्ष,येस्तई हो भने यो प्रोजेक्ट मा आब्रोद गर्ने लाई जनता ले नै काली मन्दिर लगी बलि दिनेक्ष्न,,,,,,,,,,
Hot debate. What do you think?
4
0
मुलुक लोडसेडिङको चर्को मार खेपिरहेका बेला आब यो थ्री गोर्जेज, चिनियाँ कम्पनी पनि फर्क्यो भनेत पहिला आरुलाई होइन यो व्यवस्थापिका संसदको प्राकृतिक स्रोत साधन समितिका सबै नेता भनौंदा कुकुरहरुलाई कालो मोसो दलेर जुत्ता को माला लगायर देश घुमाउनु पर६ ……मुलुक कहाँ बाट काहा पुगिसक्यो …आब त इन्द्र को बाउ चन्द्रले पनि नसकन्य भो नेपाली कुकुर नेताहरुलाई…..
Hot debate. What do you think?
6
0
हरे भगवान यी चोर नेता हरुको कहिले सत् बुद्दी आउने होलान/ हैन देशलाई फाइदा हुने काम मा त झगडा नगरे हुन्छ नि/ बाह्र बर्ष कुकुरको पुर्च्हर ढुङ्ग्रो मा हाले पनि बांगो को बांगे भने जस्तै सायद कुकुर हरुलाई बराबर भागबन्डा पुगेन जस्तो छ/
मन परे हरियो, नपरे रातो
2
0
हाम्रो नेपाललाई भारत ले अगाडी बढ्न दिन्न. ठुला ठुला जलबिधुत परियोजना उसको हात नपारुन्जेल र नेपाललाई दुबयेर सन्धि नगरुन्जेल कुरो बन्दैन.
मन परे हरियो, नपरे रातो
2
0
दुख लाग्छ हाम्रो देशको अवस्था देखेर. बिगत का पाच छ वर्षमा चोर, मदिसे अपहरणकारी, डाका, जंगली (जो बन्दुक लिएर संसद भवन जान्छ) मन्त्रि हरुले देश नै सके…… अब त गौरबसाली सगरमाथाको देश, बिर गोर्खाली को देश भन्दा पनि बन्दै बन्दको देश, अभाबै अभावको देश, चोर भ्रस्त्रचारी को देश, मुसा पैलोट भाको देश भनेर चिन्ने भो. कुनै बेला किन म पड्दै छु जस्तो लाग्छ किनकि सानो डाका को समूह बनायो भने नि एउटा न एउटा दल ले हात लि हाल्छ…मन्त्रि निश्चित….कम से कम पढेका त मन्त्रि हुनु.
मन परे हरियो, नपरे रातो
1
0
लौ खत्तम
, जनताले अलिकिती भएपनि बत्ति बाल्न पाउनी भए, लौ जा बर्रर्रबाध,, लौ खत्तम, हुन्न हुन्न हुन्न ओ हो काहुन्छ्नी, धत्, हुन्न हुन्न हुन्न , ल ल ल कसरि हुन्छ यो बिगारी हाल्न पर्छ, ल ल ल छानबिन समिति बनार हुन्छ कि के गरेर हुन्छ, उम्हुम, बिकाश गर्न दिन्न भने पछी दिन्न दिन्न.
मन परे हरियो, नपरे रातो
1
0