विद्यार्थीको लागि फलामे ढोकाको रुपमा लिईने प्रवेशिका अर्थात एसएलसी परीक्षा आजैबाट देशैभर सुरु भएको छ। यस बर्षको परीक्षामा ५ लाख २८ हजार २ सय ५७ परीक्षार्थीले परीक्षा दिँदैछन् । सहभागी हुने परीक्षाका लागि १ हजार ७ सय ४८ केन्द्र तोकिएको परीक्षा नियन्त्रक कार्यालयले जनाएको छ।
यसवर्षको परीक्षामा लापवाही गर्ने, तथा चीड चोर्न मद्धत एवं अनियमिततता गर्ने शिक्षक, कर्मचारी एवं पदाधिकारीलाई तत्काल पक्राऊ गरि एकलाख रुपैया जरिवाना वा ६ महिनासम्म कैद सजाय गराई कारबाही गर्ने भएको छ । सरकारले ७५ वटै जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गठन गरेको परीक्षा बोर्डलाई अनुगमन तथा कारबाही समेतको अधिकार दिएको दिएको छ । मर्यादित रुपमा सफल पार्न राजनीतिक दलका निकाय, संघसंस्थाका प्रतिनिधी, समाजसेवी, संचारकर्मी, सुरक्षा निकाय लगायतका सम्बद्य पक्षलाई सहयोग गर्न आग्रह गरेको छ । कार्यालयले यसवर्ष एसएलसी परीक्षाका लागि आफू अध्यननरत विद्यालयबाट फाराम नभरी अन्य जिल्लाबाट फराम भर्ने र एकै व्यक्तिले दुईवटा जिल्लाका फरक फरक विद्यालयबाट फाराम भर्ने २५ सय विद्यार्थीको एकतर्फी फाराम रद्ध गरि सम्बन्धीत विद्यालयवाट परीक्षा दिने व्यबस्था गरेको छ । परीक्षा निम्न अनुसार सञ्चालन हुनेछ ।
चैत ७ गते अङ्ग्रेजी
चैत ८ गते नेपाली
चैत १० गते गणित
चैत १२ गते विज्ञान
चैत १३ गते सामाजिक
चैत १४ गते स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण
चैत १५ गते ऐच्छिक प्रथम
चैत १६ गते ऐच्छिक द्वितीय
परीक्षा बिहान ८ बजेदेखि ११ बजे सम्म संचालन हुनेछ ।
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video



फलामे ढोका खोल्दिनु को साटो मास्टर र पार्टी ले बन्द ह्र्ताल को चपेता मा पारेर पढ्नै दिदैना अनि केको खुल्छ तनी घुस नदिएर फलामे ढोका त् घुस को भरमा पास गरेका बिधायार थि ले के गर्ला प्रगती ३ कलास पढेर छोडेका हरु अहिले इन्जिन्यारिंग मा पढी रहेको तपाई हरुलाई पनि थाहा होला कि छैना छैना भने २ / ४ जनाको को ता मलाई नाम थाहा छ भनी दिउला सानै देखी लाएको बानि तिनी हरु पनि गुस नखाएर के गर्लांत जस्तै दुन्द मा प्रचण्ड जी ले जनता बात पैसा असुलेर खान्थे अहिल देखनु भयो प्रकास भन्ने लाइ उही रोग लागेको यस्तै हो अभि भाबक कुन बाटो मा जान्छ आउदो पुस्ता लाइ सोहि रोग ले गर्स्थित बनाउछ
Well-loved. Like or Dislike:
18
1
सधै बन्द हड्ताल छ ,अनि यो फलामे ढोका…..बिचरा विद्यार्थी….???
मन परे हरियो, नपरे रातो
0
0
एस बर्ष एस.यल.सी दिने सम्पूर्ण विधार्थीलाई मेरो सुभकामना सबैको परिच्छा राम्रो होश………………………………………
मन परे हरियो, नपरे रातो
1
0
एस्तो गारो त हुदैन slc .यो त सजिलो छ ऐले .हाम्रो पालो मा ९ र १० दुवै पद्नु पर्त्यो ऐले त एकदम सजिलो छ /ऐले मैले दिने हो बने board 1st हुन्छु .so just chill guys u had long road ahead .try your level best.slc is nothing in compare with university and colleges.best of luck for you guys.
मन परे हरियो, नपरे रातो
1
0
हरे! के भन्नु र अब मलाई त संका लाग्छा हाम्रो प्रधान मन्त्रि बाबुराम ले पनि कतै चोरेर त एस एल सी मा बोर्ड फस्ट हानेको पो हो कि नत्र किन एस्तो मन्द बुद्दी .आफ्ना कार्य कर्ता ले चोरेर जांच दिंदा किन आफ्नो उदाहरण नदिएको त . उल्टा चोर लाइ चोर्न बढावा हा हा हा !
मन परे हरियो, नपरे रातो
1
0