-------------------------

राष्ट्रघात गर्नेहरु छुटे-Power News-

राष्ट्रघात गर्नेहरु छुटे-Power News- भारतमा जातीय राज्य माग गर्दै सशस्त्र गतिविधिमा संलग्न निरञ्जन होजाईको सहयोगी समूह नेपालमा समेत रहेको नेपाल प्रहरी निष्कर्षमा पुगेको हो । भारतीय सरकारले ‘मोस्ट वान्टेड’ सूचीमा राखेपछि करिब तीन वर्षअघि नेपाल आएका उनलाई गत असारमा नेपाल प्रहरीले समातेर भारतलाई बुझाएको थियो ।
भारतीय प्रहरीसँगको सहकार्यमा होजाईको अनुसन्धान गर्दै आएको नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो -सिआइबी)का अधिकारीका अनुसार नेपाल आएपछि आफूलाई सुरक्षित राख्न उनले जिल्ला प्रशासन कार्यालय सुनसरीबाट निर्मल राईको नाममा नेपाली नागरिकता लिएका थिए । सिआइबी अधिकारीका अनुसार नागरिकता दिलाउँदादेखि नै उनलाई नेपालको एक समूहले सहयोग गरेको देखिएको छ । प्रहरीका अनुसार नागरिकता मिलाइदिनेदेखि सिन्धुपाल्चोककी सरिता खत्रीसँग विवाह गरिदिनेसम्मको प्रबन्ध नेपालकै एक समूहले मिलाइदिएको थियो । त्यस काममा विष्ट थरका व्यक्तिको संलग्न रहेको खुले छ  । ४  साताअघि समातिएकी सरिताले होजाईबारे आफूलाई केही थाहा नभएको प्रहरीसँग बयान दिएकी छिन् । उनलाई अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण ऐनअनुसार सम्पत्ति शुद्धीकरण अनुसन्ध्ाान विभागले विशेष अदालतबाट म्याद थपी थुनामा राखेको छ ।
यसरी खुल्यो निरञ्जनको पोल
केही साताअघि एभरेस्ट बैंकमा सरिता राईको नाममा रहेको खातामा सिंगापुरको एक बैंकबाट २ लाख डलर रकम जम्मा भएको र सो रकम निरञ्जनले आतंकवादी गतिविधिमा प्रयोग गर्न पठाएको दाबी गर्दै भारतीय दूतावासले नेपाल प्रहरीलाई गोप्य रूपमा पत्राचार गरेको थियो। रकम आसामी विद्रोहीका लागि आएको भारतीय दाबी थियो।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

17 comments to राष्ट्रघात गर्नेहरु छुटे-Power News-

  • Ram Oli

    येसोतो कम गर्ने कम्मचारी ले पनि छुट
    pauda अब नेपाल मा कानुन नमाने वायो बन्द हेर्तल हो नेपाल को कानुन कति अरब दोल्लोर खैसके अनि कति समय सकी सको संबिधान बनाउने वनेर थुक थुक खाते कर्मचारी union…

    Well-loved. Like or Dislike: Thumb up 19 Thumb down 1

    • rajaram limbu

      गैर नेपाली निरंजन्ले जसरि नेपाली नागरीकता लिने र दुरुपयोग गर्ने काम गरे त्यसले हाम्रो संयन्त्रको बास्तबिकता छर्लंग पार्दै धाज्जी उडाउने काम गरेको छ|बृद्ध जगतराम राइ अत्यन्तै सोझा देखिन्छन|ललाई फकाई गरेर १५०० रुपैयामा कसैको बाबु बन्न सक्ने मान्छे कतिको सोझा होलान आफै अनुमान गर्न सकिन्छ|सन्तोस तामांग साचिकै रास्ट्र घाती हुन्|सबै यथार्थ थाहा हुदाहुदै उनीनै हुन् निरंजन्लाई नागरिकता दिलाउने प्रमुख व्यक्ति|हुनसक्छ सिफारिस दिने उबरावा निर्दोस पनि होलान किनकि सिफारिस लिन कुनै नेपाली नागरीक आएमा सामान्यतया अधिकृतले सहिछाप गरि सिफारीस दीने चलन नै हुन्छ|जुन तपाई हामी सबैलाई महसुस भएको कुरा हो|

      त्यति हुदा हुदै पनि नीज हरु दोषी नै हुन्|प्रचलित कानून बमोजिम उनीहरुलाई कारबाही हुनै पर्छ किन कि कसैले जानी जानी र कसैले अन्जानमै या लोभमा परेर भएपनि उनीहरुको पहल बाट एउटा गैरनेपाली ले गैरकानूनी रूपमा नेपालको नागरीकता लिई दुरुपयोग भैरहेको छ|यो सबै हाम्रो संयन्त्रको कमजोरीले हो|अझै पनि कागजमा हस्तलीखीत नागरीकता वितरण हुन्छ हामीकहा|एम आर पी पास पोर्ट जस्तै कम्प्युटराइज नागरीकता व्यवस्था गर्न ढीला गर्न हुदैन नेपाल सरकारले|

      Well-loved. Like or Dislike: Thumb up 11 Thumb down 1

  • roka

    This process of selling Nepalese Citizenship has started when Panchyati system was in power. Not even in this sector but, also in the employment (Especially In recruting British Soilder ) .The Indian Citizen used to come and stay at the Hotel 1 month prior to the selection in British Army and used to meet the brockers from Dristic Administrative office who, than used to arrange the citizenship procedure ranging from ,” Your Nepalese Name, Your date of birth, the name of the father and the mother and the relatives and even the name of the neigbhours and Place you are born vice versa; Please bear this in mind , only the Nepalese from the Nepal is allowed for the recruitment in the British Army, If there is a real process to find out about the recruitment you will see more than 70% recruiter are Indian citizen not Nepalese Citizen…….Am sorry to tell this but this is the reality and the establishment of HOW TO ROUGHT OUR NATION.

    Hot debate. What do you think? Thumb up 3 Thumb down 2

  • rastawadi

    यो कर्लायामा बोम फुटाएर सबै कर्मचारीलाई मारिदिनु पर्छ
    अनि बल्ल कसैको हिम्मत हुदैन नेपाली आमालाइ बेच्ने
    यो त हाम्रो नेपाली चेली हरुलाई मुम्बय बेचे जस्तो भयो नि त

    जय नेपाल

    Well-loved. Like or Dislike: Thumb up 18 Thumb down 1

  • जस्तो परे पनि पैसा हो पैसो हुने हरु छुटी हाल्छ र आतंक जसले पनि म्च्चाकै छ अहिले नेपालमा कांग्रेस ले फेरी बोलि फेर्यो यो पनि एउटा आतन्कै हो जसमा काम रोख्ने हर्कत छुतना दिनुहोस फरक केपो पर्लार रास्त घातता सबैले गरेकै छन तपाई हामि हेरेकै छौ र सुनेकै छौ कि कति बर्स बित्यो खै सम्बिधान के त्यो रास्त घात होइना र इन्डियन नेता हरुले कति पैसो अन्त रास्ट को ब्यंक मा राखेका छन के त्यो रास्त घात होइना यस्तै हो जे गर्दा पनि हुने पैसा हुने लाइ सिरिप नहुने भनेको ता गरिबलाई मात्र हो

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

  • Kishor sherpa

    साच्चिकै नेपाल अब कानुन बिहिन देश भएको हो ? सङ्क्रमण कालमा जसले जे गरे पनि हुन्छ? होइन गुण्डाहरुले त देशका सर्बसाधारणलाइ दु:ख दिए- दिए हुँदा -हुँदा देशका सेबक भनाउदाले सम्मा हामीहरुलाई दु:ख दिन भ्याइ सके । के अब नेपालको पुरानो संबिधान र कानुनले कामै नगरेको हो । जुन सुकै नेताहरुको मुखमा जनता-जनता भनी निस्किएको स्वारले यही अर्थाएको हो ? होइन भने हामी सर्बसाधारणले कुन अर्थले बुज्ने । जुनसुकै काण्डामा मुछिए पनि(धरौटि) पैसाको भरमा सफाइ पाईन्छ भने जसरी पनि सर्बसाधारण , गरीब कानुनको दाँयारामा । लौ देशका कर्णधार साथीहरु बेलाइमा सोचाउ ।

    Hot debate. What do you think? Thumb up 4 Thumb down 0

  • Tenzing Limbu

    नेपाली नागरिकता को अवमुल्यन गरेर बेच्न नेपाल र नेपाली माथि आंच आउने गलत काम भा छ गल्ति लै बढावा दिन कानुन बिपरित हो र यसलाई दरो कारबाही गरिनु पर्छ l बिहे को आधार मा नागरिकता दिने प्राबधान रहेको मा नागरिक पाउनु ठिक हो तर बाबु आमा नै नक्कली अनि कर्मचारीको गलत अधिकार को प्रयोग ठिक होइन र अरु कर्मचारी को सहभागिता निन्दनीय कुरो हो यस मा दोसी माथि कानुनी कारबाही गर्न पर्छ l

    Hot debate. What do you think? Thumb up 6 Thumb down 0

  • rama

    यी सरकारी कर्माचार्य हरुलाई फिल्टर गरेर मात्र काममा राख्न पर्छा अब.

    Hot debate. What do you think? Thumb up 6 Thumb down 0

  • rajaram limbu

    अब यहाँ हाम्रो आम प्रवृत्तिको कुरा गरौ| नेपाली समाज कतिको पंगु भैरहेछ हँ?कुन ठिक कुन बेठिक छुट्याउनै छाडेको हो त?यहाँ हेरौ त अपराधि छुट्याउन कसरि एक जुट भएका कर्मचारिहरु?दुइ दुइ दिन पूरा का पूरा कार्यालय बन्द|के तिनीहरु जनतालाई सेवादिने काममा त्यति एक जूट हुन सक्छन?विकासे काममा हातेमाले गर्छन त?ठोकुवाको साथ् भन्न सकिन्छ त्यस्ता काममा यिनीहरु एक जुट हुने कुरा त के कल्पना गर्न पनि सक्दैनन्|

    यो त एउटा सानो किस्सा हो|अब भनौ हाम्रा आम धारणाहरु, सोचाई र प्रबृत्ति हरु कति अनौठो मोडमा जादैछन् हँ?त्यसैले मलाइ लाग्छ त्यो बेहोसी बाट ब्युताउँन निकैनै सहासिलो र कठोर कारबाही गर्नै पर्ने हुन्छ|निकै व्यक्ति हरुलाई फाँसीमा लड़काउनै पर्ने हुन्छ|यदि त्यसो भएन भने म ठोकुवाको साथमा भन्छु जत्रै परिबर्तन,जस्तै क्रान्ति भए पनि र संसारकै उत्कृस्ट नियम कानून सहितको संबिधान आए पनि हाम्रो देसमा कहिल्यै बिकास हुने छैन|हेर्दै जानुहोस पाठक मित्रहरु संबिधान जारी भएको केहिदीन पछिनै नेपालमा जातीय युद्धको थालनी हुने छ|जसले साचै भीषण रुप लिने छ|अन्यथा सर्ब प्रथम हामी मानसिक र प्रवृत्तिक रूपमा नै सुद्ध र इमानदार हुन जरुरत छ|

    अर्को, प्रस्तोताले भारतीय पृथकता बादी नेतालाई नेपालकै देस द्रोही झैँ गरेर प्रस्तूत गरेको देख्दा हासो उठ्यो|नेपाली नागरीकता लिएर गैरकानूनी कामगर्दै हाम्रो देसको बेइजत गरेकोमा भन्दा निरंजन्ले भारतीय भूमिमा पृथकता बादी गतिबिधि संचालन गरेकोले संचालक चिन्तित रहेछन|

    Hot debate. What do you think? Thumb up 6 Thumb down 0

  • donbharat

    बास्तबमा म राजा बादी त होइन!!!!!
    तर आजको नेपालको परिस्थिति हेर्नेहो भने सबै दलका नेताहरुले नेपाल भूमि र हामीजस्ता मुर्ख जनताहरुको सहयोगमा राजनैतिक धन्दालाई प्रयोग गर्दै कानुनको धज्जी उदाउने कम गरिरहेका छन् . यस्तो अवस्था मा पनि हामी खाते नेता भनाउदा हरुलाई साथ दिन्छौ त्यसैले मुर्ख हामी आफै छौ एक पटक हामी आफुले आफैलाई सोच्नु जरुरि छ कि हामी के गरिरहेक छौ भनेर .
    त्यसैले सरसर्ती हेर्दा आहिलेको स्थिति भन्दा राजाहरुको पालामा नै राम्रो थियो कि ????

    Hot debate. What do you think? Thumb up 6 Thumb down 0

  • Bijay Ghamal

    यो बिरोध गर्ने सरकारी कर्मचारी हरु ले किन आन्दोलन गरेको भन्ने कुरा उनीहरु को आन्दोलन ले नै स्पस्ट पार्छ कि उनि हरु ले को लाज र गल्ति ढाक्न हो.

    मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

  • Indra

    नेपाल मा अब नराम्रो काम गर्नी लाई फाशी दिनुपर्छ . अनी मात्र टिक हुन्छा.

    मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

  • हाम्रो दुश्मन भारतमा जे सुकै होस् .. नेपालीहरु लाई के को चासोको बिसय होर यो … झन् सप्पोर्ट पो गर्नु पर्ने त भारतका प्रिथाक्ताबदिहरुलाई ,, हामी नेपालीहरुलाई कस्तो दुख दियको छ यो धोतिहरुले ,,, गर्न दिनुहोस लडाई ,, तिनीहरुलाई .. i agree with tham ,,!!!

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 2

  • K B Pun

    नेपाल सरकार ले येस्ता कर्मचारी सबैलाई सरकारी काम बाट निकाल्न हिच्किचाउनु हुदैन एदी ननिकलिएमा अरु दुस्ता कर्मचारीले फेरी येस्तई नराम्रो काम गरिरहनेछन/

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

  • Chemjong Padam

    याे जाे चाेर उसैकाे ठूलाे स्वाेर भन्ने नेपाली तुक्काकाे पुरै चरितार्थ भएकाे छ । कर्मचारि पैसाकाे खेति गर्छ आफ्नाे डिउटीमा । बास्तबिक्ता 
    संग जेसुक्कैहाेस कमाउ आन्दाेलन नै हाे याे । आन्दाेलन बाट आएकालाई कसरि कार्बाहि गर्ने 
    याे बाबुराम ज्यूकाे सरकारमा । के बिदेसीलाई 
    किर्ते सिफारिसमा प्रमाण समेत भएकाे ब्यक्ति 
    यसरि छुट्न जायज हाे ? के कर्मचारिले तलबाट सबै कागजात आयाे भनेर आखा चिम्लिएर सिफारिस गरेकाे देखाउदै पैसा धाेक्ने अनि आन्दाेलन गर्ने ?
          अराजक्तै अराजक देख्दा सरकारै अराजककाे हाेकि जस्ताे लाग्छ ! किनकि यस्ताहरू छुट्न थाले भने कानुन केकाेलगि ? र कार्बाही केकाेलागि ? याे खाल्काे अपराधी बचाउने काम चै याे सरकारले पैले देखि पारदर्शीपूर्ण तरिकाेले गरेकाे देखिन्छ । तर सत्य सत्यनै हाे याे जरूर अन्त हुन्छ कसैकाे चाहानाले 
    टिक्नेवाला छैन ।

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • raj kumar rai

    हाम्रो नेपाली कति सम्म डाका भाको हो ………..

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • हरे भगवान,
    कार्यलय ठप्प पार्ने ती चोर कर्मचारी हरु सबैलाई किन जेल नहाल्ने त ??? गर न गर ए चोर नेता हो केहि गर, कति बद्नाम कमाउछौ ???

    आहा कति राम्रो गणतन्त्र नेपालमा आज, बधाई छ हामि सबैलाई !!!

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

Leave a Reply

 

 

 

You can use these HTML tags

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Enable Google Transliteration.(To type in English, press Ctrl+g)