शिवरात्रि अर्थात् सेना दिवसको आसपासमा फेरि एक पटक नेपाली सेनाको नेतृत्व विवादमा परेको छ । शान्ति प्रकि्रयाको अन्तिम चरणमा आइपुग्दा देखिएको यो विवादको उद्देश्य सेनाको पवित्रता जोगाउनुसँग हो । प्रजातन्त्रले त्यतिबेला मात्रै जरा गाड्छ जतिबेला सेना जस्ता संस्थाहरुमाथि राजनीति हुँदैन र तिनलाई पूर्णतः व्यवसायिक हिसाबले चल्न दिइन्छ ।
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video
सेनाले सार्वजनिक विदाको दिन शनिबारसमेत आफ्नो न्युनतम शर्त अघि सार्ने काम भएको छ । यसको नेतृत्व यसमा समावेश भए पनि पूरै संस्थागत निर्णयबेगर माओवादी लडाकु समायोजनका नाममा पठाइएको प्रस्तावले चौतर्फी आशंको स्थिति देखिएको छ । यससम्बन्धी समाचार सार्वजनिक भएपछि राजनीतिक क्षेत्रमा देखिएको हतासा बुझ्न नसकिने थिएन ।डा. बाबुराम भट्टराई नेतृत्वको सरकार बनेयता अत्यन्तै अपारदर्शीरुपमा काम भइरहेका छन् । भित्रभित्रै निर्णय गर्ने र यस्ता निर्णय गर्दा कसैलाई जानकारी नदिने विधि यसको छ । सेना नेतृत्व र यसभित्रका केही पदलोलुपलाई प्रयोग गरेर प्रस्तुत गरिएको लडाकु समायोजन कार्ययोजनाको उद्देश्य माओवादीलाई सजिलो पार्नु थियो ।
प्रधान सेनापति छत्रमान िसंह गुरुङले यसअघि माधवकुमार नेपालको सरकारलाई बुझाएको कार्ययोजनामा अहिलेजस्तो विवाद हुन पाएन । त्यसलाई सबैले स्वागत गरेका थिए । त्यतिमात्र होइन सेनाले दिएको कार्ययोजनालाई बालुवाटारमा अन्य दलका नेताहरुलाई बोलाएर छलफलसमेत गराइएको थियो । अहिले तिनै सेनापतिको तर्फबाट प्रस्तुत गरिएको कार्ययोजनामा विवाद हुनुमा कार्यशैली मुख्यतः जिम्मेवार छ ।
सेनामा राजनीतिक घुसपैठ गराउन खोज्ने राजनीतिक नेतृत्व र आफ्नो संस्थाको पवित्रता कायम राख्न नसक्ने सैनिक नेतृत्व दुबै यसमा दोषभागी छन् । सेनाले माओवादी मैत्री प्रस्ताव प्रस्तुत गरेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु र प्रधानमन्त्री भट्टराईले यसको पटक-पटक प्रशंसा गरेका थिए । दलका नेताहरुको बैठकमा समेत प्रचण्डले सेनाबाट असाध्यै राम्रो प्रस्ताव आएको बताए पनि त्यो ुअसाध्यै राम्रोु के हो भन्ने कसैले बुझ्न पाएको थिएन ।
यो सरकारको शैली अत्यन्त सर्वसत्तावादी चरित्रको छ । प्रजातन्त्रमा विश्वास नगर्ने हुनाले यसले आफ्नो पार्टीलाई बलियो बनाउने र कम्युनिष्ट राज्य सत्ता स्थापनाको घोषित उद्देश्यबाट प्रेरित भएर काम गरिरहेको छ । सबैभन्दा पछिल्लो उदाहरणका रुपमा फागुन ७ लाई प्रजातन्त्र दिवसका रुपमा नमनाउनुबाट माओवादीको नियत प्रष्ट देखिन्छ ।
खासमा कांग्रेस र एमालेले ुप्रजातन्त्र मान्देऊ भनेर माओवादीलाई भन्नु बगरेका अगाडि बोकाले रुनुजस्तो हो । प्रजातन्त्र माओवादीको अभिष्ट होइन । ऊ प्रजातन्त्रको इतिहास मेट्न चाहन्छ । उसका लागि सात सालको परिवर्तन भन्दा उसले गरेको १० वर्षे ‘जनयुद्ध’ महान हो । माओवादीले प्रजातन्त्रका आधारहरु र यसको इतिहास मान्दैन । त्यसकारण प्रजातन्त्रमा विश्वास हुनेहरुले नै यसको रक्षाका निम्ति सकि्रय हुनुको विकल्प छैन ।
माओवादी आफ्नो उद्देश्यमा प्रष्ट छ । प्रष्ट नभएका त प्रजातन्त्रमै आफ्नो भविश्य देख्ने कांग्रेस लगायतका पार्टीहरु हुन् । माओवादीले आफ्नो उद्देश्य लुकाएको पनि छैन । अन्य दलहरुको आफ्नै दुर्गतिले उसको उद्देश्य पूरा गर्ने बाटो दिइरहेको छ । उसले भिन्न तरिकाले आफ्नो उद्देश्यमा पुग्ने बाटो तय गरिरहेको छ ।
तत्कालीन प्रधान सेनापति रुक्मांगद कटवाललाई हटाउनेदेखि अहिले फेरि आफ्नो प्रभावको समायोजन प्रस्ताव ल्याउने बेलासम्म माओवादी फेरिएको छैन । बरु अहिले उसले सरकारमै बसेर आफ्नो रणनीति पूरा गर्ने काम गरिरहेको छ । र यसको सहयोगी भएका छन्- भ्रष्ट नेताहरुले नेतृत्व गरेका मधेसी दलहरु । माओवादीले उपयोगितावादी राजनीति गर्दै आएको छ । त्यसैले भ्रष्टाचारमा लिप्त हुन चाहने केही मधेसी नेताहरुलाई त्यो मौका दिइदिई उसले आफ्नो काम पूरा गरिरहेको छ ।
होइन भने ‘जनसत्ता’ कालीन घरजग्गा कारोबारलाई मान्यता दिने निर्णय गर्दा मधेसवादी दलका मन्त्रीहरु चुपचाप बस्ने थिएनन् । मधेसी दलहरुलाई प्रजातन्त्रप्रति प्रतिवद्ध रहेको ठान्ने गरिएको थियो । तर तिनले डा। भट्टराईको मन्त्रीमण्डलमा पुगेपछि आफ्नो छवि गुमाइसकेका छन् । र कम्युनिष्ट राज्यसत्ता स्थापना गर्ने माओवादी मार्गका ती सहायक बनिरहेको पत्तो पाइरहेका छैनन् ।
अहिलेको माओवादी नेतृत्वको सरकारले गरेका एकपछि अर्का निर्णयहरु हेरे पुग्छ- ऊ आफ्नो पकड बलियो बनाउन कति सकि्रयतापूर्वक लागेको छ । ऊ १ सय ४० वटा सूचना दिनु नपर्ने कानुन भित्रभित्रै बनाउन कर्मचारी संयन्त्रलाई लगाउँछ । यसो गरेपछि अहिलेजस्तो सूचनाहरु बाहिर आउने छैनन् । सरकारले गरिरहेका जनविरोधी काममा अंकुश लगाउन सकिने छैन ।
कम्युनष्टि सत्तामा पारदर्शिता हुन्न । राज्यका निकायहरुबीच शक्ति सन्तुलन र नियन्त्रणको व्यवस्था हुन्न र तिनलाई बलियो केन्द्रीय सत्ताले नियन्त्रण गर्छ । त्यो एउटा पार्टीको शासनमात्र हुन्छ । र पार्टीको शासन मान्नेजति मित्र भइरहन्छ अरु जति ुजनदुस्मनु । माओवादी सरकारले अपनाइरहेको यो तरिका नबुझ्दा अन्ततः प्रजातन्त्र सँधैका निम्ति समाप्त भएर जानेछ ।
यो सरकार नियम कानुन र संविधान नमानी आफ्नो पार्टीको घोषित साम्यवादी नीति सफल बनाउन मात्र सकि्रय रहेको बुझ्न सर्वोच्च अदालतले गरेका निर्णयहरुलाई मात्र हेरे पुग्छ । यसले लिएका अधिकांश कानुन विपरितका निर्णयलाई सर्वोच्चले रोक लगाउँदै आएको छ । अहिलेसम्म सन्तुलन र नियन्त्रण सकिइसकेको छैन ।
तर नेपाली सेनाजस्तो संस्था पनि राजनीतिकरण भएर गयो भने त्यसले धेरै कुरा बिगार्छ । हाम्रो न्यायायलय कर्मचारीतन्त्र र प्रेसले अहिलेसम्म काम गर्न सकेका छन् । उपप्रधानमन्त्री विजय गच्छदारले आफूखुशी नियमले नागरिकता दिन गरेको निर्णयलाई कर्मचारीतन्त्रले रोक्न सक्यो । नागरिकता पाइसकेका नागरिकका सन्तानलाई नागरिकता नदिने होइन । तर नागरिकता कानुन बनाउने वा संशोधन गर्ने अधिकार संसदको हो । त्यसलाई वेवास्ता गरेर आफूखुसी निर्णय गर्न खोज्दा समस्या भएको हो ।
भारतको प्रजातन्त्रले किन प्रतिफल दिन थाल्यो भने त्यहाँको प्रणालीका चार खम्बा न्यायायलय सेना कर्मचारीतन्त्र र प्रेसले सकि्रय भूमिका खेलेका छन् । हामीकहाँ यी खम्बाहरुलाई ध्वस्त पार्ने काममा माओवादी लागेको छ । त्यसमा पनि सेनालाई खतम पारिसकेपछि अन्य तीन अंगले आफूलाई असहाय पाउनेछन् ।
जनआन्दोलन- २ पछि नेपाली सेनाप्रतिको विश्वास बढेको छ । यसले आफूलाई राष्ट्रिय संस्थाका रुपमा गरिमामय स्थानमा पुर् याएको छ । तर त्यो गौरवलाई यसले धान्न सक्छ वा सक्दैन अहिले सबैको ध्यान यसमा परेको छ । कुनै एउटा पार्टी विशेषलाई अनुगृहित तुल्याउने गरी सेनाले काम गर्न थाल्यो भने त्यसले कमाएको इज्जत रातारात धुलिसात हुनेछ ।
{अन्नपूर्ण पोष्ट दैनिक ९ फागुन २०६८ पृष्ठ ७}



यो MC कांग्रेश र यमाले लाई त माओवादी को कुनै राम्रो कुरा पनि नराम्रै लाग्छ.. RD कांग्रेश र यमाले… कै राम्रो कुरा हुन लागेको बेला किन बीच मा आउनु पर्ने हो..
Hot debate. What do you think?
41
38
नेपालका पत्रकार साथि हरुले (नेपाल आर्मी) लाइ राजनीति गर्न लागे भनेर आरोप लगाउछन् ! तर आफु हरुले राजनीतिक गरेको चाल पाउदैनन ! सबै लाइ थाहा छ ! हिजाका शाही सेना पनि नेपाल र नेपालीका लागि कहिले पनि थिएनन् ! केवल राजतन्त्र र केहि सिमित (पार्टी ) र नेताका इसारामा चल्ने गर्थे ! देश र जनताका लागि मर्न पनि पछि पर्ने छैनौँ भनेर कसम खाने हरु एउटा जाबा भुसाए नेताको इसारामा नेपाली जनता मार्दै हिंड्थे ! होइन भने १० बर्से जन युद्ध कालमा नेपालि जनताले (शाही सेना ) लाइ साथ् नदिएर किन (माओबादी) साथ् दिए ! हाम्रा पत्रकार साथि हरु कहिले जन्मनु भए छ ! फेरी नेपाली कंग्रेस र एमालेको कुरा पनि गर्नु हुन्छ ! कंग्रेस र एमालेले (पर्जातंत्र ) को अर्थ भुझेको भए ! किन नेपाली जनताले पर्जातन्त्र बादी हरु लाइ तिरसकार गरेर माओबादी लाइ भोट दिए !
Well-loved. Like or Dislike:
51
18
भारत को जस्तो प्रजातन्त्र हामीलाई चाहिएको छैन जुन प्रजातन्त्रले गरिब जनताका न्युनतम अधिकारको रक्षा गर्न सक्दैन/हामीलाई त बेलायत वा अमेरिकाको जस्तो प्रजातन्त्र चाहियो जसले निम्न आयश्रोत भएका जनताहरुको अधिकार सुरक्षित नगरी धनि बर्गलाई उन्मुक्ति दिदैन / जहाँ कानुन भनेको पद,प्रतिष्ठा, पहुँच र पैसा अनुसार ब्याख्या गरिंदैन ता कि कसुर अनुसार गरिन्छ त्यस्तो प्रजातन्त्र र साशन चाहिन्छ /
Well-loved. Like or Dislike:
77
7
नाम छत्रमान अबपछी हुनेभयो माओबादीको छातामान अनि घाम लागेपनि
पानिपरेपनी क्यामाज्जा हा ..हा …..हा…
Hot debate. What do you think?
24
36
पत्रकार ज्यु तपाईले लेख्नुभएको समाचारमा संका गर्ने ठाउँ छैन.बास्तबमा भन्ने हो भने मावोबादीको अनुहार र काम सबैले राम्ररी देखिसकेका छन् अझ त्यसमाथि बाबुरामेको कार्यसैलिले त झन् जनतामा निरास र भय छाएको छ जस्तै प्रजातन्त्र दिवस नमनाउनु, कथित जनसत्ताले गरेका अबैधानिक कामलाई बैधानिक बनाउन खोज्नु,अदालत द्वारा फैसला सुनाएका हत्यारा मावोबादिका कालीबहादुर खाम,बालकृष्ण ढुंगेललाई काखी चापेरा हिढ्नु र गिरफ्तारी नगर्न प्रहरीलाई दबाब दिनु ,इतिहास मेटऔना खोज्नु, आफ्ना कार्यकर्तालाई अरबौ बाढ्नु, देश भारत वा चीन संग बिलिन हुन्छ भन्दै हिढ्नु,भारत ले सिमा मिचेर नेपालीलाई आफ्नै भुमि बाट लखेट्दा पनि मौन रहनु जस्ता अनेकौ घिन लाग्दा कुकार्यहरु. अर्कोतर्फ,हिजो पनि सेनामा राजनीति गर्न खोजेका मवोबदिहरु अहिलेको सेनाको असक्ष्यम नेतृत्वको कारणले गर्दा र मावोबादीको प्रलोभनमा परेर अवकास नजिकै पुग्नालागेका असक्ष्यम सेनापतिको कारणले गर्दा नेपाली सेनाको मेरुदण्ड भाच्ने प्रेस हुदैछ . प्रलोभन हिजो रुक्मांगत कटवालल जस्ता सच्चा र कुसल सेनापतिलाई पनि दिएको थ्यो तर रुक्मांगत कटवाललले प्रलोभनमा नपरेर इतिहास दोहोर्याए त्यसरीनै जसरि अंग्रेजहरुले हाम्रा बहादुर पुर्खाहरुलाई प्रलोभनमा पर्ने दुस्प्रयास गरेका थए ,अन्त्यमा नेपाली सेनामा रुक्मांगत कटवालल जस्ता कुसल अवं सक्ष्यम नेतृत्वको नितान्त आवस्यक छ नत्र बाबुरामेले भने जस्तै कुनै दिन नेपाल भारत वा चीन संग बिलिन हुनेछ . यहिनै सत्य हो र यहि नै यथार्थ हो
Well-loved. Like or Dislike:
62
35
अहिले सम्म देशलाई दुर्गति मा पुर्याउने भ्रस्टचारी कांग्रेस र ए.मा.ले.लाई येसरी किन उचालेको?कि लेखकले त्यो समय भुलेको हो कि आफै उसैको मतियार हो बुझ्न सकिएन
Well-loved. Like or Dislike:
53
28
कांग्रेस रा ए मा ले भनेको भारते हो भारतको लागि बोलिरहेको छ अनि सेना पनि भारत्कोई लागि मौबदी संग लारेको हो तेस्ले गर्दा पक्का देसको सेना देस भग्धि भनेको मौबदी रा मौबदिकोई सेना हुन् मौबदी भनेको देसको लागि लारेको सेना हो मौबदी लै दबाब देने भनेको नै भारतलाई बुजौनु पर्छा भनेको हो त्यो साले सेनापति पनि भारतेनै हुन् तेस्ले गर्दा मा भन्छु कि जो मौबदी लै बिरोद गर्छु ति सबै भारतको लागि गरेको हो भनेर निदो हुँदै छा त्यो कुरा सबै दिमाग हारको जनादाले बिजार गर्नु है
Hot debate. What do you think?
35
34
हेर्नुस साथी हरु तपाई अहिले Dr .बाबुराम को खिल्ली उदाउनु भाको छ , तर तपाई हरु ले वास्तविकता किन चिन्नु हुदैन ? हर्नुस यदि हाम्रो देश मा भट्टराई सरकार नभयको भय सान्ति र संबिधान को नाम मा सब ३२ वोटा पार्टी क़ा बोव्से हरु ले सासंबिधान बनाउने को नाम मा कुर्चि टेस्ट गेर्थ ! हेर्नुस अरु नेता हरु पनि त pm बनेकै हुन् नि ! जब कुर्ची मा बसे केहि गर्छु भनि फुके यखिर हात मा लग्यो १ निफोल्क्यो २ भो ,अनि जो मान्छे ले केहि गर्छु भनेर लागिपरको छ उसलाई तेही त हो कसै को पनि छैन सपोर्ट ! यौटा सिंगो देश बनाउन भट्टराई matra को यक्लो सयास ले केहि हुदैन ! and रेमेम्बेर that You Neplise people will never ever सी any Others PM like भट्टराई बाबुराम !! सबैको दाउ छ कहेले होला मेरो देश धनि ,तर कसैको मनमा ओं छैन कि how तो make it .
Hot debate. What do you think?
20
13
lekhak mahodayele bhaneko pani thikai ho, mawobadile ramro gareko 6 bhanera ta mo pani bhandina, tara wuhale yeti lamo lekh lekhda deslai yo durgatima puryawne bhrsta kagres ra yemale netaharuko barema bhane yek sabda pani lekhna aat garna saknu bhayena 6, katai tyehi bhrasta neta haru kai aadesma chaliyeko kalam ta hoina, mawobadi prati sachcha desh bhakta nepali le bharosa garekai ho, aajako dinma aayera ti aasa pani mardai gayeko pani yetharthai ho, aaba pani mawobadi neta harule gambhir bhayera sochena bhane yesko halat yemale kagres ko bhanda dherai guna tala hune nischit 6. tyesaile netaharu sawdhan hunuhola yesto mauka mawobadi lai kahilyai aaudaina. mawobadi le pani kehi garna nasaknu bhaneko desle kahilyai pragati garna nasakne sanket jasto lagchha. aaruko ta namai naliw, kagres yemale ko ta sabai neta kasi gayera nuhayera aayepani biswas garna sakidaina jasto lagchha.
Hot debate. What do you think?
4
5
माओबादी क्रान्ति आधाकल्चो मा छोड्नु अथवा माओबादी नेताहरु पैसामा बिक्रि भए या सम्पतिको लोभमा परेर शान्ति प्रक्रिया मा आउनु नै गलत काम भएको छ l
माओबादी ले जनक्रान्ति लै टुंगो लगाउनु नसक्नु नै बिपक्षी दल हरुलाई ठुलो फाइदा भएको हो l
शसस्त्र जनयद्ध मा होमिसके पछी राजा लगायत का सबै राजनीतिक दल हरु लै समाप्त गरि देश मा माओबादी सासन निर्माण गरिनु पर्ने थियो l
होशियार ! होशियार ! होशियार !
अब देशमा एकचोटी ठुलो अन्धकार आउने छ सबै माओबादी कमरेड हरुले चाहेको आफ्नै माओबाद को सासन ल्याउनु पर्छ यो पाखण्डी नेपाली कांग्रेस र एमाले जस्ता जनविरोधी धुर्त स्याल हरुको सफाया नगरी न यो देश ले शान्ति, सुशासन र सम्बिधान पौने छैन l फेरी बन्दुक उठुनु पर्छ प्रचण्ड , बाबुराम,. बैध्ये र अन्य नेताहरु ले साथ् दियुंन या नदियुन अब अति भो अबको जनयुद्ध को दुश्मन प्रस्ट छ तारा हानी हानि सबैको सफाया गरौँ l
यो जनयुद्ध मा तानाशाही, नोकरशाही, समानत , तस्कर र देशद्रोही हरुलाई कुनै फिरौती मा छोडिने वाला छैन यो जनयुद्ध मा प्रचण्ड र बाबुराम बैद्य जस्ता को नेतृत्व रहने वाला छैन l
नया युवा जसको मुटु मा अभय र जोस छ जसको रगत मा नेपाली तातो रगत छ जसको स्वार्थ केवल देश को छ जसको लोभ नेपाली जनता र नेपाल को शान्ति सुब्यबस्था मा छ गल्ती गर्ने लै सजाय राम्रो गर्ने लै पुरस्कार को मान्यता राख्ने व्यक्ति नेपाली माओबादी पार्टी को नया नेतृत्व चयन हुनु पर्छ l
ति पुराना धुर्त स्याल माओबादी को नाम मा बदनाम नेतृत्व हरु लै पनि कडाई को साथमा कारबाही हुने छ l
माओबादी को बदनाम नेता हरु र ईतर पार्टीका सबै डाका नेता हरु तिमि हरुको दिन गने हुन्छ अब धेरै भो तिमि हरुको ब्रम्हलुट अब कुम्लो कसे हुन्छ अब आउने शसस्त्र आन्दोलन ले तिमि हरुको नामो निशान राख्ने छैन l
उठ! उठ! उठ!
कमरेड हरु फेरी यो देशले रगत मागेको छ हात मा जे जे भेटिन्छ उठौ र देश को क्यन्सार को सफाया गर्नु पर्छ तिम्रो हाम्रो स्वतन्त्रता को लडाई लै सिद्ध गर्नु छ जीत को बिहानी ले हामी लै पर्खी रहेको छ l
नेपाली कांग्रेस र एमाले लगाएत का दुष्ट डाका नेता हरु नेपालको सबै खलनायक हुन् यिनी हरुको सफाया बिना यो देश कहिले उठ्ने छैन l
नेपाल ले शान्ति संबिधान सुशासन बिकाश अथवा गाँस बास कपास पाउनु नागरिक अधिकार हो र यसको दैत्व सरकार को हो l
यस पटक पनि सम्भिधान न आए नेपालको सबै नागरिक उठेर नेपाली कांग्रेस र एमाले र अन्य डाका नेता हरु लै धरासाय पार्नु पर्छ l माओबाद भित्र को गलत नेता हरु लै कानुन बमोजिम सजाय हुनु पर्छ l
Well-loved. Like or Dislike:
15
3
म तपाईं संग सहमत हुन सकिन / ति आजका माओबादी सेना बिगतमा नेपाली कांग्रेश, एमाले वा अन्य कुनै संसदबादी पार्टी का मतदाता थिए / संसदवादी पार्टी का अकर्मंयेताको कारणले ति मतदाता माओबादी मतदाता र माओबादी सेना मा आफ्नो भबिस्य देखे त्येसैलाई साथ् दिए/ उनीहरु नेपाली नागरिक नै हो/ मोअबादी ले छोटो अबधि मै उनीहरुलाई माओबादी बनाउन सक्यो भने नेपाली सेना ले के उनीहरु लाइ राष्ट्रको लागि लड्ने सेना बनाउन सक्छ/ राष्ट्र सर्बोपरी हो भन्ने उनीहरुलाई पनि थाहा छ/ अवसर बाट बन्चित नगरिएको भए उनीहरु जिउ ज्यान हत्केला मा राखेर राज्येको विरुद्ध हरियार उठाउने थिएनन्/ त्येसैले कमेन्ट लेख्ने मित्रहरुले सकारात्मक सोचेर जति सक्दो चाडो समायोजन गरि रास्त्रले निकास पाउने बाटो अख्तियार गर्न पार्टी हरुलाई दबाब दिने खालका कमेन्ट गर्ने कि ????
Well-loved. Like or Dislike:
13
3
हाम्रो देश नेपालको नेताज्युहरुको फोहोरी र स्वार्थी दिमाग भएको टाउको चाही खै कुखुराको अन्डा जसरि कचक परेर toiletma हाल्नु पर्ने कहिले जतिको कुरा कहिले धर्मको कुरा अहिले आएर सेनाको कुरा, सेना भनेको देशको हुनु पर्छा कुनै पार्टीको होइन, यी चोरहरुले हामी नेपाली जनतालाई सहरै हेपे,,
Well-loved. Like or Dislike:
13
0
माओबादी हरुलाई सेनापति ले आफ्नो जोअई घले लै रथी बनाउन को लागि यो प्रस्ताब गरेको हो . माओबादी सेनाको समायोजन ७ बुंदे अनुरुप नै हुनुपर्छा
Hot debate. What do you think?
7
7
अन्नपुर्ण पोस्ट पत्रिका भारतीय इसारामा चल्ने भित्रि लगानी उनीहरुकै भएको पत्रिका हो. भारतको स्वार्थको वकालत गर्नु एसको धर्म कर्तब्य हो. कांग्रेस र एमाले लाई उचाल्ने र मोबदिलाई बदनाम गराउने यिनीहरुको जिम्मेवारी हो, तेसोगरेमा मात्र यी पत्रकारहरुका भरितिये मालिक हरुले यिनीहरुको तलव समयमा दिन्छन, नत्र जागिर्नै खुस्कंछा नि.
Hot debate. What do you think?
9
8
आदर्णीय मित्र हरु कुनै कुरा हरु को कमेन्ट गर्दा केही बुझेर सब्य भाषा र सरल शब्द को प्रयोग गरे सबैले पढ्न र बुझन सक्ने थिय, यस्ले तपाईं को महानता अझ बढने छ.
Hot debate. What do you think?
6
1
हाम्रो नेपाल धुर्त हायेना कुरूप स्यालहरुको हाथ को मरेको सिनो जस्तो भएको छ l यसलाई खान उत्तर तिर चिन दक्षिण तिर भारत नेपाल भित्र चाहिं मरेको सिनो खाने औसा किरा नेता हरु स्याउँ स्याउँ सलबालाई रहेका छन लास भएको अचेत निरिह नेपाल र नेपाली हरु चारै तिर लुछिन्दै छन् l
डांडा माथि न्याय अन्याय छुटाउने सोयेम्भु को आँखा चिम्लेर बसेका छन् l दुष्ट लै संहार गर्ने पशुपति शिवरात्रिमा भांग र गाँजा तानेर मस्त पशुपति मा निदाएको छ l
अलि माथि बौद्धनाथ मा तिबत्ति मित्र को मर्म बुझेन भनेर रिसाएर आँखा तरी बसेका छन् l
दक्षिण कालि जनवारको रगत ले मातेर झल्लु भएर लडिरहेको छ l भैरवनाथ निरिह नेपाली जनताको रगत खान पल्केरा देश को बिकाश शान्ति र संबिधान र नागरिक हक मांगने जनता को चिहान बाट नालि हाड़ चुसी रहेको छ l सिंह दरबार मा मसान हरुको ताण्डव नृत्य भै रहेको छ कसले रोक्ने ? कसले खबरदार गर्ने ? कुन धामी कुन तान्त्रिक ल्याउने ?
अब नेपाली जनता हरु जुर्मुराएर अघोरी को रुपमा ति रोमान्चित नाच गर्ने मसान हरुलाई तन्त्रको ताण्डव मन्त्र उचारण ले समाप्त नगर्ने हो भने भोलिको हाम्रा सन्ततिहरु ले थुक्ने छन् हामी लै l
नेपाली जनता हरुले खुकुरी डांडा बन्दुक खुर्पा खुर्मी हसिया हथौडा जे जे हाथ मा औछा लिएर यी मसन हरु लै समाप्त नगरी यो देश मा यो मसान हरु ले गरिखान दिदैंन l
Well-loved. Like or Dislike:
8
0
ma k bhanna chahan6u bhane yo sabai hami janatako galtiko karan le bhayeko ho rajniti ma hune hune haruko k bhar tho bhar chahi hami janata ek jut bhayera lagi pareu bhane desh lai awasya agadi purauna sak6au jasto lag6
मन परे हरियो, नपरे रातो
2
0
नेपालको कानुन आफै आफै जानुन भनेको यस्तै हो नि हजुर जताततै राजनीतिक को खेल अनि नेपाल लाई बर्बाद बनाउने खेल
Hot debate. What do you think?
5
0
मावोबादी पक्षले जर्नेल को पद माग्नु राम्रो होइन ! जर्नेल को पद मा पुग्नलाइ २-४ वर्ष भूमिगत भएर एक दुइ एम्बुस सफल गर्दैमा काफी हुँदैन ! नेपाली सेना संस्थागत रुपमा संचालित हुँदै आएको सयौं बर्ष भैसक्यो ! यो संस्था भित्र देशको स्वतन्त्रताको निम्ति आफुलाई वली दिन तैयार भएका लडाकुहरुलाई सिस्टमेटिक तरिकाले समायोजन गर्नु अति उचीत कुरा हो !छनौट क्रममा लडाकु हरुको उमेर, सैक्षिक योग्यता, शारिरीक तन्दरुस्ती आदीलाइ आधार बनाइनु पर्छ !
जर्नेल पदमा जिद्दी कस्नु मावोबादी पक्षको सरासर भूल हो ! अहिले नेपालि सेनाले तैयार गरेको क्राइटेरिया मा मन्जुरी दिएर सरासर शान्ति प्रक्रिया अगाडी बढाउन टेवा दियो भने बल्ल मावोबादी लाइ जनता को निम्ति समर्पित पार्टी भनेर आम जनताले स्विकार्नेछन !
Well-loved. Like or Dislike:
14
6
अन्नपुर्ण पोस्टमा प्रकाशित यो लेख हजुरहरुको लागि ….पढी सके पछी आ-आफ्नो भावना पस्किनु हुनेछ भन्ने आशा सहित …………..
************** नेपाली सेना पून: विवादमा तानियो **************
Hot debate. What do you think?
4
3
bull shit Analysis
Hot debate. What do you think?
1
3
नेपाली सेनाका प्रमुख संरक्षक रहनु भएका नेपालका प्रथम राष्ट्र्रपति डाक्टर रामवरण यादवज्यू समक्ष सम्पूर्ण नेपाली सेनाको तर्फबाट नेपाली सेनालाई जातीय भेदभावबाट अलग राख्न अनुरोध गर्दछौं। राष्ट्र्रपतिज्यूले जसरी विगतमा नेपाली सेनालाई राजनीतिकरण हुनबाट जोगाउनु भयो ठीक त्यसैगरी अहिले प्रधान्सेनापति छत्रमान सिंह गुरुङ्गले नेपाली सेनामा गरिएको जातिकरणको अन्त्य गर्न कदम चाल्नु पर्ने अति आवश्यक भै सकेको छ, अन्यथा जातीयताले भविष्यमा निकै मजबुत जरा गाड्ने र जातिकरण हुन गई राष्ट्र्रको मुख्य फौज रहेको नेपाली सेनामा ठूलै अनर्थ र दुर्घटना हुनेछ। यसलाई पुष्टी गर्न यहाँ प्रधानसेनापतिले नेपाली सेनाको नीति, नियम परम्परा विपरीत गरेका नियम विपरीतका कार्यहरूलाई प्रस्तुत गरिएको छ।
मसे कुमार लामा, मसे जित गुरुङ्ग उहाँहरू विगत लडाईको समयमा असफल भई काण्ड लागेर गणपतिबाट तुरुन्त बदलिएकाहरूलाई पदोन्नति गरेर हाल ५० लाख कमाउने शान्ति सेनाको मिसनमा पठाइएको छ। तर ज्यानको बाजी लगाएर नेपाली सेना र देशका लागि काम गर्नेहरूलाई उहाँको जाति नभएको कारणले खेद्नु भएको छ। नेपाली सेनाको स्पेशल गणमा मसे कर्मेन्द्र लिम्बुलाई ल्याउनु भयो जो ब्यक्तिलाई त्यस गणको बारेमा केही पनि थाहा छैन र विगतमा दुःख हुन्छ भनेर कहिले त्यहाँ आउनु भएन, तर १७ बर्ष त्यही गणमा परिश्रम गरेकालाई उहाँको जाति नभएकै कारण विगत ४ वर्षदेखि उपत्यका बाहिर खेद्नु भएको छ। कहिल्यै जंगल शिक्षालयमा नबसेका, शिक्षक हुन अयोग्य भएका कृष्ण गुरुङ्गलाई जित गुरुङ्गपछि जंगल शिक्षालयको कमाण्डर बनाउनु भयो। त्यतिले नपुगेर ६० लाख कमाउने शान्ति सेना मिसनमा हाल्नु भयो, यही फाल्गुन महिनामा कृष्ण गुरुङ्ग शान्ति सेनामा गएपछि मसे गंगा गुरुङ्गलाई ल्याउन तयारी गरिएको छ, तर त्यही शिक्षालयमा १२ बर्ष विताएकालाई विकट पहाडी जिल्लामा खेद्नु भयो, मसे निर्मान गुरुङ्ग भरखर ६० लाख कमाएर फर्केकालाई त्रिशुली सैन्य तालिमको हाकिम बनाउन लाग्नु भयो, कस्तो हो यो प्रधानसेनापतिज्यूको नियम? प्रसे भरत गुरुङ्ग, प्रसे प्रताप गुरुङ्गका, प्रसे संजय थापामगरलाई तेस्रो पटक गणपति बनाउनु भयो। तर प्रसे उत्तम बोगटीलाई एकपटक पनि गणपति हुन दिनु भएन कस्तो हो तपाईको नीति? ४ बर्ष सैनिक सचिवमा बसेर मोज गरेका प्रसे सुरज सुनुवारलाई दोस्रो पटक शान्ति सेना गणको गणपति बनाउनु भयो, तर त्यही गणमा योगदान दिनेलाई लखेट्नु भयो। कस्तो हो तपाईको नीति? २ बर्ष त्यही गणमा गणपति भएकालाई नपठाएर प्रसे चन्द्रपुनलाई शान्ति सेनाको गणपति बनाउनु भयो, तर उहाँ शान्ति सेनामा पूर्ण असफल भएतापनि फर्केर फेरि विदेश शाखामा मोज गरिरहनु भएको छ, यो कस्तो न्याय हो प्रधानसेनापतिज्यूको?
सेनानी गौरब गुरुङ्गलाइ दोस्रो पटक संखुवासभाको गुल्मपति बनाई कुस्त कमाउने मौका दिनुभयो। तर २३ बर्ष पुगेका बफादार सेनानीले एकपटक गुल्मपति हुने अवसर पाउन सकेका छैनन, धन्य छ प्रधान सेनापतिज्यू, तपाईको नीति नियम! सैनिक अनुशासन लागेका, मेडिकल अनफिट तपाईको ज्वाँईलाई ११ बाहिनीपति बनाउनु भयो त्यतिले नपुगी प्रसे गोविन्द गुरुङ्गलाई मसे बनाउने र आशिष जवरालाई पाखा लगाई ११ बाहिनीमा पनि जातिकरण गर्न लाग्नुभयो। नेपाली सेनाको हालसम्मको इतिहासमा कहिले नभएको नियम तपाइकै प्यारा प्रसे आशवहादुर तामाङलाई झलनाथ खनाल प्रधानमन्त्री हुँदा पनि एडीसी र हाल प्रधानमन्त्री बाबुराम भट्टराईको पनि एडीसी बनाई आफ्नै जातिमात्रको भलोका लागि तपाईले आफ्नो पदको दुरुपयोग गरिरहनु भएको छ। यत्रो वर्ष नेपाली सेनामा विताएर प्रधानसेनापति जस्तो सम्मानित पदमा बसेर ९५ हजार नेपाली सेनाका लागि राम्रो गर्नुहोला भनेर सवैले आश गरेका थिए, तर तपाईले जातीय सन्तुलन कायम गरेर, नियम र परम्परा विगारेर फौजको मनोबल गिराउने काम गर्नु भएको छ। एक चोटी आँखा चिम्लेर एकान्तमा बसेर आत्मालाई सोध्नुस् के यो कार्य ठीक हो त प्रधानसेनापतिज्यू? सम्माननीय राष्ट्र्रपतिज्यू, यी त तपाईका प्रधानसेनापतिबाट भए गरेका थोरै कार्यको मात्र विवरण दिईएको हो, अन्य धेरै छन। त्यसकारण प्रधान सेनापतिबाट अझै हुनसक्ने मनपरी र अनियमित कार्य नेपाली सेनाभित्र रोक्नु अति नै ढिला भै सकेको प्रष्ट पारेको छौं। – नेपाली सेनाका पीडितहरू
Hot debate. What do you think?
9
6
बाहुन ले मात्र बाहुन बाद गर्छ भनेको हैन ? यो चिट्ठा परेको लुरे गुरुङ पनि कम रहेनछ त गुरुङ बाद चलाउन लाई…
Hot debate. What do you think?
2
3
तपाई हरुलेपनि एस्तो खुल्केको कुरागरिसकेपछी कांग्रेस एमाले हरु भोलि बाट साढे दुक्रे जस्तो दुक्रिन थाल्छन तेसोएले सबोई मिलेर देसमा सान्ति लायाऊ अहिले बिरोध गर्ने होइन मिलेर अगाडी बढ्ने बेला हो सम्पूर्ण नेपालका नेता,बेटा,पत्रकार,सत्राकर,कलाकार,सलाकर,:::::::::::::::::::::::::::::::::::::::;;;;;;;
Hot debate. What do you think?
4
3
हाम्रा नेपाल क पार्टी हरु
१ )माओबादी पार्टी – ददेश लाइ उल्टो बाटो तिर लाने ,देशलाइ अन्तिम मा टुक्रा टुक्रा परेर कहिँ कुन समूह ,कहिँ कुन समूह ले राजे गर्ने ज,तिनै जनता लै प्रयोग गरि साता मा पुग्ने र अहिले राणा कालिन बेवस्ता र राणा क जस्तो जीवन सैली बिताउने ..
२) एमाले र काँग्रेस – नेपाललाइ येस्तई इस्थिती मा सधै राखी राख्ने .आए आप क गए बाप का .हमे क्या ….
३ ) मदेश : मदेशी भएर मदेशी लै न ठग्ने ,तीनलाइ उलू बनाएर तिनकै नाम बेची मोज्ज़ गरि अचल सम्पति कुम्लायेने ( नेपाल क सत्रु ,भारत क कुत्ता )
कहिले औला त नेपाल र नेपाली लै हाक्न सक्ने पार्टी ..
Hot debate. What do you think?
5
1
आदरणीय मित्रहरु अझैपनि हाम्रो देशमा नेपाली कांग्रेस र यमाले ले केहि गर्दछा भन्नु तपाई हाम्रो धिकर्हो यो पार्टीको कार्य कर्ता नेताहरुता देस्बनाउनु लागि परेको होइन तपैहम्रो राज्यको धिकुतिलाई नस्ट गर्नुगयाको हो.हेर्नोस्ता के पी ओली भारत मोहन अधिकारी माडव कुमार नेपाल पहिला कुन अवस्थामा थिया अहिले सम्पन्न परिवारको जस्तो देखिन्छा भने कहाँ देखि यो सम्पति आयो?nepal
i
Hot debate. What do you think?
4
4
पहिला कांग्रेस र एमाले ले पनि मौका पाकै हो, भुँडी पनि भरेकै हो! अझै पनि सरकार ढालछौं भन्दै पैसा मागेर खाइरहेको छ! माओ बादीले राम्रो गर्यो भने जनता सामु लाज हुन्छ भनेर खुट्टा तान्दै छ! अब यहि मौकामा प्रचण्ड र बाबु रामजीले छत्र मानलाई आँखा झिमिक्क पारेर बन्दुक तेर्स्याए अति राम्रो हुन्छ! ब्रिटिस गोर्खा र सिंगापुर प्रहरीका भू पु अनि अबकास आएका हामीहरु पनि बन्दुक तेर्स्याउन तयार छौं, कसैले खुट्टा नकामौनु होला!
Hot debate. What do you think?
4
0
छात्र मानलाई सिंह लाई अझै ५ बर्ष
Hot debate. What do you think?
4
0
यो अन्नपूर्ण भन्ने पत्रिका र यो लेखका लेखक दुबई “नेपालको शान्ति प्रक्रिया बिरोधी तत्व” द्वारा संचालित दलालहरु हुन भन्ने कुरा यो लेखले अझै प्रष्ट पारेको छ-हामीलाई यो खालको बेश्या प्रजातंत्र भन्दा बरु देश र जनताको हित गर्ने नया शैलीको शाशन मान्य छ—माओवादीलाइ मात्र दोषी देख्ने गोही आँखेहरुले के बुझ्न आबश्यक छ भने—माओवादी मंगलग्रहबाट आएको शक्ति होइन—कांग्रेश र एमालेको नाकामी र बेईमानिले गर्दा यो शक्ति जन्मिएकोले उसले केहि राम्रो काम गर्छ भने त्यसमा अरुको किन टाउको दुखाई? यस अघिका प्रजान्त्रका मसीहा हरुले प्रजतान्त्रलाई केवल आफ्नो बलात्कारको शिकार बनाउने बाहेक अरु के गरे? त्येसैले,लेखक साथी! तपाईले प्रजातंत्रको नाममा फेरी तिनै भ्रष्ट र नपुंशकहरुलाई अघि बढाउनुमा देश र जनताको हित हैन तपाई र तपाईको मालीकको निहित स्वार्थ छ भन्नेमा दुई मत छैन—त्येसैले यो लेखका लेखक ज्यू कुनै नेपाल बिरोधी शक्ति(जस्तै भारत)को रोटिमा बिक्ने निरीह प्राणी हुनुपर्छ भन्नेमा बिबादै छैन—रुक्मांगदलाइ हीरो बानाएर छात्रमानको मान मर्दन गर्न खोज्ने यो लेख बास्तबमई देश र जनता बिरोधी छ—यही ताल हो भने अन्नपूर्णपोस्ट भन्ने पत्रिकाले नेपाली जनताको घृणाको शिकार हुनुपर्ने निश्चित छ—-जसको परिणाम भनेको यस्ता दलालहरुको बहिर्गमन नै हो—चेतना भया!!!!
Hot debate. What do you think?
4
0
यो पूरा लेख भन्दा अमित शर्माको कमेन्टले धेरै तौल बोकेको छ र धेरै ओजिलो छ—बास्ताविकता त्यही नै हो —-एक पक्षेलाई आफ्नो निहित स्वार्थ अनुरूप उछालेर अर्को पक्षको उछितो काढ नु भनेको हाल जारी शान्ति प्रक्रियालाई भांडेर नेपाल र नेपाली जनताको भबिश्य भड्कारामा हाल्नु हो भन्ने सबैले बुझ्नुमा नै सबैको भलाई होला!!!!
मन परे हरियो, नपरे रातो
1
0
@काले गोर्खाली यहाँ को प्रतिक्रिया कति को जायज छ त्यो तपाईं नै जन्नुहोस हुनसक्छ यहाँ पिडित पनि होला तर एउटा प्रश्न यहाँ लै म गर्न चाहन छु l म गुरुङ पनि होइन कुनै जाति पाती मान्दिन जुन २०२१ को ऐन ले आर्यघाट पुर्याई सकेको छ l
१५,००० पन्द्र हजार सैनिक भन्ना ले १५ बटालियन मा जम्मा दस पन्द्र वटा मात्र ओहदा याने पद हुन्छ र ? कि यहाँ लै गुरुङ प्रधान सेनानी भएको मा आँखा जलेको हो कि ? मौका नपाएर रिस उठेको हो ? यहाँ ले खाली गुरुङ, तामांग लिम्बु को मात्र जिक्री गर्नु भयो यति मात्र त होइन होलान नि पुरा पद हरु १५,००० सेना मा ? यसरि जातीय कुरा गर्नु भन्दा समग्र नेपाली लै दर्शाउने प्रतिक्रिया लेखे को भा राम्रो हुन्थ्यो l यी माथि उल्लेखित व्यक्ति हरु पनि त्यो पद पाउने अधिकार छ l कुनै जाति इंगित गरेर यसरि लेख्नु अलि नागरिक अधिकार मानवाधिकार को उलंघन हुन्छ l अलि फराकिलो विचार राखेर अघि बढ्नु होला तपाईं ले पनि मौका पाउनु हुने छ मित्र ५० लाख कमाउने ठाउँ पनि पाउनु हुन्छ l
Hot debate. What do you think?
4
1
सत्य तथ्य भन्नु पर्दा माओबादी सेनामा जति देश प्रेम छ नेपाली सेना मा छैन अहिले परिआवोस त नेपाली सेना युद्ध छोडेर भाग्छ तर माओबादी कम तालिम पाएपनि ज्यान दिएर लड्न तयार छन् यिनी हरु लै सिमा सैनिक दिनु पर्ने हो के को समायोजन बेकारमा माओबादी सेना लै सिमा सुरक्षा सैनिक बनाए आज भारत र चिनले सिमा मिच्न आँट गर्दैन थिए l
नेपाली सेना त शान्ति सेना गएर पैसा कमाउने सुर मात्र हो यो सत्य कुरा हो अनि तितो छ l
Hot debate. What do you think?
4
0
नेपली सेना भनेको केहो के राजनीतिक नेता हरु ले पाटि खोलि रहने अनि आफनो कार्य कर्ता भनि गरिब का छोरा लाई पाटीमा होम्ने अनि आर्मी मा समाबेस गराउने भने र मिडियामा व्यापक हल्ला गर्दै जानेहो भने भोलि कांग्रेस ले गर्ला एमालेले गर्ला मधेशी ले गर्ला अनि राष्ट्रिय प्रजातन्त्र ले गर्ला अनि के सेनामा पाटीका मान्छे भर्ना गर्ने अनि तेसो गर्ने हो भने नेपाली सेना भनेर किन भनेको पाटि सेना भने भई हालोनी अनि किन सेना चाहियो र सेना ले भनेको कुरा पनि सोच्ने हो भने मन परेन किनकि अहिले सम्म सेना मा भर्ति लिने भनेको तलको दर्जा मा सैन्य अनि आफिस कलरका मा अ म अनि अफिसर लेबलमा सेकन लप्टन मा भर्ना हुन्थियो तर आज आएर सेनालेनै मेजर दिने भने पछि के सेनाको पनि अब अर्थ नराख्ने भए अब कि २०६३ मा नया एन बनो होस् गरेसा नेपाल आर्मी राजनीतिक दलदल मा नाफसेस यसै मा जय हुनेछ जय ……………नेपाल आर्मी
मन परे हरियो, नपरे रातो
0
0